• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मधेसमा बालबिवाह रोक्न सरोकारवालाको ध्यानाकर्षण

नेपाल पोस्ट दैनिक
    August 4, 2023  मा प्रकाशित

Spread the love
      

 – मधेस प्रदेशमा हुँदै गरेको बालबिवाह रोक्न मधेस प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्रालयले बालबिवाह रोक्न स्थानीय तहका जनप्रतिनिधि र मानवअधिकार पत्रकार विभिन्न संस्थामा आवद्ध प्रतिनिधि र ग्रामीण अगुवा धर्म गुरुहरुसंग सिरहाको लहानमा एक बृहत कार्यक्रमको आयोजना गरी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छन।

मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयले मस्यौदा गरेको बालविवाहमुक्त क्षेत्र घोषणा कार्यविधिमाथि सरोकारवालासँग सुझाव संकलन गर्ने क्रममा सिरहाको लहानमा सम्पन्न गरेको छ्।आयोजित परामर्श कार्यक्रममा मधेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले मधेश प्रदेशको समग्र शैक्षिक अवस्था नसुधारेसम्म यस्ता बालविवाह लगायतका सवालहरु कायम रहिरहने बताउँदै सरकार साझेदार संघसंस्थाहरुको समेत सहयोग लिएर शिक्षा सुधारमा लाग्नुपर्ने बताए।

संस्कारयुक्त,व्यवहारिक र नैतिक शिक्षाको वर्तमान नाजुक अवस्थाप्रति गम्भीर हुनुपर्ने र सामाजिक व्यवहार परिवर्तनको शुरुवात प्रत्येक व्यक्तिले आफैँबाट गर्नुपर्ने बताउँदै बालबालिकाको अधिकार संरक्षणका लागि स्थानीय सरकारको प्रयासमा प्रदेश सरकारको सधैँ सहयोग रहने मन्त्री यादवले बताउनु भयो।

सप्तरी जिल्लाको सुरुङ्गा नगरप्रमुख गीता चौधरी,सिरहा जिल्लाको कर्जन्हा नगरप्रमुख भोला पोखरेल लगायतका बक्ताहरुले बालविवाह अन्त्यका लागि स्थानीय सरकारले गरिरहेका प्रयासहरु,प्रदेश सरकारबाट गरिएका अपेक्षाबारे धारणा राखेका थिए।कार्यक्रममा मन्त्री यादव तथा उपस्थित स्थानीय सरकारका प्रमुखहरुद्वारा संयुक्त रुपमा मधेश प्रदेशको बालविवाह विरुद्धको १० वर्षे रणनीतिक योजनाको सार्वजनिकरण समेत गर्नुपर्नेमा जोड दिनुभयो।

शिक्षा तथा सामाजिक विकास मन्त्रालयको आयोजना तथा विकासका साझेदार संस्थाहरु सेभ द चिल्ड्रेन, वर्ल्ड भिजन इन्टरनेशनल र R-CEFM परियोजनाको सहयोगमा भएको कार्यक्रमको सञ्चालन शिक्षा तथा समाज कल्याण मन्त्रालयका समाज कल्याण महाशाखा प्रमुख देवकुमारी खत्री तथा मधेशमा बालविवाहको अवस्थाबारे राजीव बञ्जारा र मधेश प्रदेशमा बालविवाह न्यूनीकरणको प्रयास: अनुभव र अभ्यासबारे सेभ द चिल्ड्रेनका रचना थापाले प्रस्तुतिकरण गरेका थिए।

कार्यक्रममा सप्तरी,र सिरहा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख/अध्यक्षहरु,उपप्रमुख/उपाध्यक्षहरु, प्रमुख प्रशासकीय प्रमुखहरु,स्थानीय र वडा बालअधिकार समितका अध्यक्षहरु,बालकल्याण अधिकारीहरु,नागरिक संस्थाका प्रतिनिधिहरु,बालक्लब सञ्जालका प्रतिनिधि शिक्षक विभिन्न धर्मगुरुहरु गरि ५० भन्दा बढीको सहभागिता रहेको आयोजक संस्थाले जनाए।

कार्यक्रमका सहभागीहरुले प्रस्तावित कार्यविधिमाथि समूहमा छलफल गरी किशोरकिशोरी लक्षित जीवनोपयोगी शिक्षा दिनु पर्ने,बालसंरक्षण प्रणाली बलियो बनाउनुपर्ने, अनुगमन संयन्त्रको व्यवस्था गरिनुपर्ने लगायत सुझावहरु दिएका थिए ।सरोकारवालाहरुसँग परामर्श कार्यक्रम सञ्चालन गरी प्राप्त भएका सुझावहरुलाइ समेटेर कार्यविधिलाइ अन्तिम रुप दिइने योजना रहेको मन्त्रालयका समाज कल्याण महाशाखा प्रमुख देव कुमारी खत्रीले बताइन् ।

आगामी दिनमा बालविवाह अन्त्यको लागि सरोकारवाला, सरकारी तथा विकासका साझेदार निकाय,स्थानीय सरकार लगायत सम्वद्ध सबै पक्ष बीचको समन्वय र सहकार्यलाई मजबुत बनाउँदै बालविवाहसँग गाँसिएर आउने अन्य मुद्दाहरुलाई समेत एकीकृत रुपमा अघि बढाई सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्यलाई व्यवहारमै कार्यान्वयनमा ल्याउनका लागि बालविवाह उच्च भएको मधेश प्रदेशमा बालविवाह अन्त्यका लागि प्रदेश सरकारले प्राथमिकताका साथ हाल कार्यान्वयनमा रहेको १० वर्षे प्रादेशिक रणनीतिक योजनाको कार्यान्वयनमा लागेको पनि उनले बताइन् ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑