• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

वडाध्यक्षले निर्घात कुटपिट गरी गम्भिर घाईते बनाइयो

नेपाल पोस्ट दैनिक
    February 14, 2023  मा प्रकाशित

Spread the love
      

अभिजित दास, महोत्तरी । मधेश प्रदेशको महोत्तरी जिल्लास्थित एक परिवार उपर वडाध्यक्षले सामुहिक कुटपिट गरेको आरोप लगाइएको छ । सो घटनामा एकै परिवारको ७ जना घाईते भएका छन् ।

महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिका वडा नम्बर २ मधेपुरास्थित विहिबार राती वडा नम्बर २ का वडाध्यक्ष राम मिलन यादवसहित उनका मान्छेहरुले एक परिवारमाथि निर्घात कुटपिट गरी गम्भिर घाईते बनाएको आरोप लगाएका छन् ।

स्थानीय हरिकिशोर दासको परिवारमाथि वडाध्यक्ष यादवको टोलीले निर्घात कुटपिट गरेको बताइएको छ । गएराती वडाध्यक्ष यादवको जेठो दाईको बिहेको लागि मटकोरमा चर्को साउण्डमा डिजे बजाउँदा विवाद सुरु भएको थियो ।

वडाध्यक्ष यादवले दास टोलमा गएर उनीहरुको दरबाजा ९दुरा० मा चर्को साउण्डमा डिजे बजाउन थालेपछि उनीहरुले बच्चाहरु सुतिरहेको भन्दै यहाँबाट अगाडी सार्दै लैजान अनुरोध गरेका थिए । तर, वडाध्यक्ष यादवले दासकै दरबाजामा करिब १५ मिनेटसम्म जबदरस्ती रोकेर एउटै गीत पटक पटक बजाउन थालेपछि उनीहरुले विरोध जनाएका थिए । डिजेमा अश्लिल गीतसँगै दुःख दिने गरी दरबाजामै रोकेर पटाखा समेत फुटाउन थालेपछि दास परिवारले विरोध जनाउँदै अगाडी लैजान अनुरोध गरेका थिए । प्रहरीको अनुसार, वडाध्यक्ष पक्षबाट पनि घाईते भएका छन् ।

वडाध्यक्ष यादव र उनका टोलीका मान्छेहरुले अनुरोध नमान्दै उल्टै कुटपिट गरेको आरोप लगाएका छन् । सो घटनामा ७ जना घाईते भएका छन् । जसमा एक जनाको अवस्था गम्भिर रहेको छ ।

घटनामा वडाध्यक्ष यादवसहित उनका टिमले स्थानीय राम चन्द्र दास, राम एकवाल दास, कौसल दास, बिजय दास, सन्जय दास, हरि दास र लिलाधर दास गम्भिर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, दास परिवारबाट ७ जना घाईते छन् भने वडाध्यक्ष तर्फबाट पनि केही जना घाईते रहेको बताउँदै ठाडो निवेदन मात्र परेको बताए । यसको विषयमा अनुसन्धान जारी रहेको बताए ।

घाईतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ भने गम्भिर घाईते भनिएका एक जनाको उपचार न्यूरो हस्पिटल जनकपुरमै भईरहेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑