छुटपुट · स्वास्थ्य

निशुल्क आँखा शिबिरमा २ सय ३१ जनाको आँखा जाच

शम्भु चौधरी लहान ९ माघ । लहान नगरपालिका ९ गोठटोलमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिबिरमा २ सय ३१ जनाको आँखा जाच भएको छ ।
जस मध्ये ५९ जनाको सगरमाथा चौधरी आँखा अस्पताल लहानमा निशुल्क मोतिया बिन्दु अप्रेशनको लागि शिविरबाट सिफारिस गरिएको वडा नं ९ का वडा अध्यक्ष घुरन चौधरीले बताए।
शिविर नेत्र ज्योति संघ, लहान आँखा तथा कान उपचार प्रणली, सगरमाथा चौधरी आँखा अस्पताल लहानको आयोजनामा भएको थियो भने लहान नगरपालिकाको आर्थिक सहयोग रहेको वडा अध्यक्ष चौधरीले बताए ।