शम्भु प्रसाद चौधरी लहान ११ असोज । सिराहाको धनगढीमाई न पा. ३ कुर्वा हनुमाननगरको बाबा बजारदेखि पश्चिम राजदेवी माता थानसम्म र दक्षिण शिवनगर कटिटोल वार्ड नं. २ मा पर्ने सडक खण्डमा खाल्डो भई आवात जावतमा कठिनाई उत्पन्न भए पछि सडक मर्मतको कार्य अगाडी बढाइएको थियो ।
हिन्दूहरूको महान चाड बडा दसैंको अवसरमा घर भन्दा टाढा टाढाबाट आफन्त जन आउने भएकाले आवात जावतमा सहजता हुँने हिसाबले जिर्ण कच्ची सडक खण्डलाई वडाअधयक्ष बिरेन्द्र साह तथा वडासदस्य संजय चौधरीको अगुवाईमा मर्मत तथा डोजरको सहयोगले मिलाउने कार्य सम्पन्न भएको अवस्था रहेको छ ।