• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर

नेपाल पोस्ट दैनिक
    May 24, 2026  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान, १० जेठ । वीरता, प्रेम र सामाजिक समानताको प्रतीक मानिने राजा सलहेसको गाथालाई आधुनिक समाजसँग जोड्नुपर्ने धारणा राख्दै सलहेस फूलवारीलाई “दाइजोविनाको विवाह गर्ने स्थल” का रूपमा विकास गर्न सके समाजमा व्याप्त दाइजो प्रथा न्यूनीकरण गर्न सहयोग पुग्ने नेपाल सरकारकी उपसभामुख रुबीकुमारी ठाकुरले बताउनुभयो।
शनिबार सिरहा स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्दै मधेशको सांस्कृतिक पहिचानसँग जोडिएका स्थलहरूको संरक्षण, विकास र प्रवर्द्धनमा संघीय सरकारले विशेष चासो लिनुपर्ने बताउनुभएको छ।
लहान नगरपालिका–२२ स्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल सलहेस फूलवारी तथा लहान–१५ मा रहेको राजदेवी पञ्चावती मन्दिरको अवलोकन तथा पूजाआजा गरेसंगै उहाँले लोकनायक राजा सलहेसको इतिहास, संस्कृति र जनविश्वाससँग जोडिएको सलहेस फूलवारीलाई मधेश मात्र नभई देशकै नमुना धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

धार्मिक तथा सांस्कृतिक सम्पदाको विकासमा अपेक्षित लगानी हुन नसकेको भन्दै यस विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भ्रमणका क्रममा सलहेस फूलवारी संरक्षण समितिले उपसभामुख ठाकुरसमक्ष फूलवारी क्षेत्रको १२ बिघा जग्गामध्ये करिब तीन बिघा अतिक्रमणमा परेको जानकारी गराउँदै अतिक्रमित जग्गा खाली गराई संरक्षण तथा व्यवस्थित विकासका लागि पहल गरिदिन आग्रह गरेको थियो। सलहेश पर्यटकीय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि तथा मन्दिरका पुजारी जितेन्द्र सिंह लगायतले सलहेस मन्दिर, मालिनी मन्दिर, चिल्ड्रेन पार्क निर्माण तथा “सलहेस सर्किट मार्ग” निर्माणको मागसहित ज्ञापनपत्र उपसभामुखमार्फत नेपाल सरकारलाई बुझाएका छन्।

ज्ञापनपत्रमा सिरहाको मैसोथा स्थित राजा सलहेस मन्दिरदेखि पतारी पोखरी, सलहेस फूलवारी, मानिक दह, पकडिया गढ, पञ्चावती राजदेवी मन्दिर, हाती दह, देवी दह हुँदै ब्रम्हान गोर्छारीसम्म सडक सञ्जाल व्यवस्थित गर्नुपर्ने माग गरिएको छ।
स्थानीय जानकारहरूका अनुसार सलहेस सर्किटलाई व्यवस्थित रूपमा विकास गर्न सके धार्मिक पर्यटनको ठूलो सम्भावना सिर्जना हुने, दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटक भित्रिने र हजारौं युवाले रोजगारी पाउने अवस्था बन्न सक्छ।
स्थानीयवासीका अनुसार केही वर्षअघि सरकारले सिरहादेखि सलहेस फूलवारीसम्म “सलहेस मार्ग” निर्माण कार्य सुरु गरे पनि सुखीपुर पश्चिमको गाँगन नदीसम्म मात्रै कालोपत्रे गरिएको छ। बाँकी खण्डमा सडक ग्राभेल गरेर छाडिएको अवस्था रहेको र निर्माण भएका सडकसमेत जीर्ण बन्दै गएको गुनासो स्थानीयको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑