जेठ ९ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस प्रत्येक वर्ष जुन २३ मा मनाइन्छ। यो दिवस आधुनिक ओलम्पिक आन्दोलनको सुरुवातको सम्झनामा मनाइन्छ, किनभने यही दिन सन् १८९४ मा अन्तराष्ट्रिय ओलम्पिक समितिको स्थापना भएको थियो।
खेलकुदप्रति रुचि बढाउनु, स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नु, मित्रता, सम्मान र उत्कृष्टताको ओलम्पिक मूल्य फैलाउनु, उमेर, लिङ्ग वा क्षमताको भेदभाव नगरी सबैलाई खेलकुदमा सहभागी गराउनु यस ओलम्पिक दिवसको मुख्य उद्देश्य रहेका छ ।
सन् १९४८ मा समितिले पहिलो पटक ओलम्पिक दिवस मनाउने निर्णय गरेको थियो। यसले आधुनिक ओलम्पिक खेलको जन्मलाई स्मरण गर्दछ।
दौड प्रतियोगिता, खेलकुद गतिविधि, शैक्षिक कार्यक्रम, प्रदर्शनी र सांस्कृतिक कार्यक्रम, समुदायस्तरीय फिटनेस अभियानहरूलाई मध्ये नजर गरी विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरिन्छन ।
उत्कृष्टता,मित्रता,सम्मान यस ओलम्पिकका मूल मूल्य रहेका छ । यी मूल्यहरूले खेलकुदमार्फत विश्व एकता र शान्तिको सन्देश दिन्छन्।
ूखेलकुद केवल प्रतिस्पर्धा होइन, यो स्वास्थ्य, एकता, मित्रता र विश्व शान्तिको माध्यम पनि हो।