• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लाहान नगरपालिका भाषणमा सीमित हुदै

नेपाल पोस्ट दैनिक
    September 2, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल भदाै १७ । सिरहाको लहान नगरपालिकामा विगतका हैकमबादी मेयर मुनि शाहलाई पाखा लगाउँदै जनप्रेमी भनिदै आएका महेश प्रसाद चौधरीलाई जनताले लाहान नगरपालिकाको मेयर पदमा आसिन त गराए तर चौधरीले भाषणमा दिएका आश्वासनको पालनामा ध्यान केन्द्रित गर्न सकेका छैनन् ।

पशुपति आदर्श मावि परिसरमा जम्मा गरिएको फोहोर , पूर्व पश्चिम राजमार्गको सहिद चोकमा बत्तीको ब्यबस्थापन , हुलाक देखि पूर्वको सडक , लाहान अस्पताल लगातका ठाउँहरूमा आवस्यक भौतिक पूर्वाधार प्रति मेयर चौधरी बेखवर हुनुहुन्छ । लाहान टेलिकम देखि प्राविधिक शिक्षालय जाने बाटोको अवस्था जीर्ण जताततै फोहोर दुर्गन्ध बढिरहेको अवस्थामा पुरानो लहान बजार अनि बजारको दिनमा हुने अव्यवस्थित पार्किङ लगायतको समस्याहरू मुख्य लहान बजारमा देखिन्छ भने लहानको ग्रामीण बस्तीमा पुग्न सक्ने अवस्था छैन ।

लहान २४ को सबै बाटोहरु हिँड्न योग्य छैन भने पानीको उचित निकास नहुँदा लहान नगरपालिकाका अधिकांश भूभाग सामान्य वर्षाले पनि डुवानमा पर्ने गरेको अवस्था रहेको पाइन्छ । भौतिक सास्ती एकातिर रहेको छ भने अर्कोतिर छाडा चौपायाहरुको व्यवस्थापनमा ध्यान नदिदा सडक अवरुद्ध हुने गरी सडकमा चौपायाको बास बन्दा सडक जोखिम बढ्ने सम्भावना उत्तिकै रहेको पाइन्छ ।

स्थानिय निर्वाचन भएको करिब चार महिना बितिसक्दा पनि जनप्रतिनिधिहरु उद्दघाटन र सम्मान ग्रहण गरिरहनु समाजको लागि हितकर पक्कै पनि होइन । जनतालाई मेयरको भाषण चाहिएको छैन बरु भाषणको समय विकासमा लगाउँदा राम्रो हुन्छ । आम जनताले विगत लामो समयदेखि सेवा लिँदै आएका लहान हस्पिटलको भौतिक संरचनाको वस्तु स्थिति मेयरले बुझ्न जरुरी देखिएको छ ।

बिरामी उपचारको लागि बसेका ठाउँमा फोहोर अनि बिरुवा उम्रिने तथा अस्पताल परिसर मात्र नभएर अस्पताल बाहिर अस्पताल क्षेत्रका ठाउँमा फोहोरले नगर दुर्गन्धित बनिरहँदा पनि लहान नगरपालिका बेखवर भइरहँदा पनि नगरको डरले समर्थनमा कुरा निकाल्नु उचित पक्कै पनि नभएकोले सत्य तथ्य बाहिर निकाल्न जरुरी देखिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
  • मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑