नेपाल पोस्ट दैनिक बिशेष · पत्रपत्रिकाबाट · प्रदेश २ · समाचार · स्वास्थ्य

वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण

शम्भु चौधरी लहान, ६ साउन । जननायक वीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस सिरहा क्षेत्र नं १ कार्यसमितिद्वारा राउ स्मारक अस्पतालमा ७० जना विरामीहरुलाई फलफूल वितरण गरिएको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता, साहित्यकार तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा प्रत्येक वर्ष साउन ६ गते वि पी स्मृति दिवस मनाइन्छ।विपी कोइरालाको निधन विसं २०३९ साल साउन ६ गते भएको थियो। उहाँले नेपालमा लोकतन्त्र स्थापना, नागरिक अधिकारको संरक्षण तथा सामाजिक न्यायका लागि महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

विपी कोइराला केवल एक राजनीतिक नेता मात्र नभई नेपाली साहित्यका उत्कृष्ट स्रष्टा पनि हुनुहुन्थ्यो। उहाँका कथा, उपन्यास र निबन्धहरूले नेपाली समाज, राजनीति र मानव मनोविज्ञानलाई गहिरो रूपमा चित्रण गरेका छन्। “तीन घुम्ती”, “सुम्निमा”, “मोदिआइन” लगायतका कृतिहरू आज पनि नेपाली साहित्यका अमूल्य सम्पत्ति मानिन्छन्।

कार्यक्रममा क्षेत्रीय सभापति महेश चौधरी, जिल्ला सचिव शैलेन्द्र यादव, महासमिति सदस्य रामसुन्दर चौधरी, प्रदेशसभा क सभापति सन्तोष उपाध्याय, ख सभापति धर्मदेव यादव, क्षेत्रीय सचिव श्याम यादव, नेता फुलेश्वर महतो, वडा अध्यक्षहरु बद्री चौधरी, श्याम अधिकारी र तेजनारायण चौधरीलगायतको उपस्थिति थियो ।