शम्भु चौधरी, लहान ४ साउन । लहान नगरपािलका २० को गोरछाडी टोलमा जडान गरिएको दुईवटा डिप बोरिङ नगर प्रमुख महेश प्रसाद चौधरीले आज एक कार्यक्रम बिच शुभारम्भ गर्नु भएको छ ।
शुभारम्भ गर्दै नगर प्रमुख चौधरीका अनुसार नगरिकलाई आधारभुत सेवा उपलब्ध गराउनु हाम्रो पहिलो दायित्व हो । नगरका सबै बासीहरुमा सुरक्षित खानेपानी पुरयाउने हाम्रो प्रतिबद्धता छ र यस्ता योजनाहरु अरु वडाहरुमा पनि थप विस्तार गर्ने बताएका छन ।
त्यस्तै सम्बन्धि वडाका वडा अध्यक्ष गणेश चौधरीका अनुसार करीब पाँच लाखको लागतमा जडान गरिएका बोरिंगबाट एक सय पचास घरधुरी तथा करिब ६ सय स्थानीय लाभान्वित हुने बताएका छन । गोरछारी टोलका बासिन्दाको लामो समयदेखिको खानेपानी समस्या समाधान गर्न डिप बोरिंग जडान गरिएको हो । अन्य आवश्यक क्षेत्रमा पनि यस्ता किसिमका योजना विस्तार गर्ने बताएका छन ।
कार्यक्रममा स्थानिय बुद्धिजिवी, राजनितिकर्मी, युवा तथा वडा २ का वडा अध्यक्ष सियाराम यादव समेतको यपस्थित रहेका थियो ।