शम्भु चौधरी, लहान ६ साउन । सिरहाको लहान नगरपालिका २१ मा विघौँ धान खेत डुबेपछि किसान चिन्तित बनेका छन् । कतिपय किसान धान रोप्न पाएका छैनन्, त कतिपयले रोपिसकेको धान सड्न थालेको छ । किसानले गुनासो गरेपछि सांसद बब्लु गुप्ता र मेयर महेश चौधरी, उपमेयर रामचलितर महतो र वडा अध्यक्ष राजकुमार यादव, गणेश चौधरी सहितका जनप्रतिनिधी अवलोकन गरेका छन् । उनीहरुले तत्काल पानीको निकास कसरी गर्ने विषयमा किसानसंग छलफल गरेका हुन् ।
छलफलका क्रममा किसानहरूले वर्षेनी दोहोरिने जलनिकास समस्याका कारण खेतीपातीमा ठूलो क्षति व्यहोर्नुपरेको, उत्पादन घट्दै गएको तथा आर्थिक रूपमा समेत मारमा परेको गुनासो राखेका थिए। उनीहरूले तत्काल पानी निकासको व्यवस्था गर्न र दीर्घकालीन समाधानका लागि प्रभावकारी योजना कार्यान्वयन गर्न आग्रह गरेका थिए।
तत्काल पानी निकास गर्ने र पछि स्थायी समाधान खोज्न कुराकानीमा सहमति भएको छ ।
यसमा अक्षान्तर देशान्तर अधययण गर्नु परयो संरचना निर्मनण सन्तुलनको अभ्यास नभएको वडाका प्रतिनिधिहरु सबै विषयका ज्ञाता होईन ,किसानलाई नकारात्मक दिगो प्रभाव पर्ने संरचना वार्षिक रुपमा आवधिक गर्नु पर्छ,कुलो पानिको निकास जोखिमहरु समयमय न्युनिकरण गर्नु पर्ने कृषि ज्ञाताहरुको भनाई छ ।