विनोद मण्डल १७ भदाै । नेपाली राजनीतिक इतिहासमा फेरबदल एउटा सामान्य नागरिकले बुझेका कुरा हुन् ।
राजनीतिक दलका नेताहरुले आदर्शका कुरा जनताका सामु गरेपनि पदमा पुगेपछि उनै नेताले बुझेका भाषा हुन् भ्रष्टाचार पदमा बसुन्जेल कसरी कमाउने अनी हर क्षेत्रमा आफ्ना आसेपासेलाई राखेर विकासका योजना बनाउँदै बजेट पचाउने भदौरे विकासका योजनाहरू देखि जनता वाक्क दिक्क भइसकेका छन् ।
जनताले अब नेताको भाषण सुन्न चाहँदैन पटक पटक आईरहने निर्वाचन अनि परिवर्तनका नाममा बढिरहने पेट्रोलियम पदार्थको चर्को सास्ती बीच उभिएका आम जनताले सास फेर्न अक्सिजनको अभाव महसुस गरेका छन् । देशमा न्याय हराउँदै गएको, अदालतहरू राजनीतिक दलको मुठ्ठीमा परेको अनि जनताहरू उनै कार्यकर्ताको भरिया विक्रम सम्वत २०४६ सालदेखि हालसम्म बन्दै आएको अवस्था रहेको देखिन्छ ।
टुँडिखेलको भाषणमा रमाएका जनताको आँगनमा महँगी आएपछि आतिएका जनताको अगाडि यतिबेला स्पष्ट परिभाषा विनाको प्रादेशिक , संघीय निर्वाचनको हावा चलिरहेको छ ।
प्रदेशमा निर्वाचन क्षेत्रमा क, ख लगायतका विभाजनका कुराहरू गर्दा जनताले कसरी मतदान गर्ने नगर्ने विषयमा एकातिर अनविज्ञ रहेका छन भने अर्कोतिर मतदाता नामावली छुट भएकाहरूका लागि सरकारले स्थानिय निकायमा मतदाता नामावली छुट भएकाहरुको व्यवस्थापनमा ध्यान नदिदा जनता दोहोरो मारका बीच उभिएका छन् । जनतालाई पूर्व तयारी बिना माछा माछा भ्यागुता बनाइरहेका छन् ।