नेपाल पोस्ट दैनिक बिशेष · पत्रपत्रिकाबाट · प्रदेश २ · समाचार · स्वास्थ्य

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण

शम्भु चौधरी लहान ११ साउन । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाले बृक्षारोपन गरिएको छ ।
नयाँ बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने कार्य हो। मानव जीवन र सम्पूर्ण जीवजगतका लागि वृक्ष अत्यन्त आवश्यक छन्। वृक्षले अक्सिजन प्रदान गर्छन्, कार्बन डाइअक्साइड अवशोषण गरी वातावरणलाई स्वच्छ राख्छन् र जलवायु सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ समाज निर्माण गर्ने उद्देश्यका साथ वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको कार्यवाहक अध्यक्ष अमित लामा बताए ।
कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी, युवा कार्यकर्ता तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षणमा युवाको सक्रिय भूमिका अपरिहार्य रहेको सन्देश दिएका छन्।
आज वन विनाश, प्रदूषण र जलवायु परिवर्तनका कारण वातावरणीय समस्या दिनप्रतिदिन बढ्दै गएको छ। यस्ता समस्याको समाधानका लागि वृक्षारोपण सबैभन्दा प्रभावकारी उपायमध्ये एक हो। वृक्षले माटो कटान रोक्छन्, वर्षा हुन सहयोग गर्छन्, जैविक विविधताको संरक्षण गर्छन् र वन्यजन्तुका लागि प्राकृतिक बासस्थान उपलब्ध गराउँछन्।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश अध्यक्ष दिनेश यादवले भन्नुभयो, वातावरण संरक्षण आजको आवश्यकता मात्र होइन, भावी पुस्ताप्रतिको हाम्रो जिम्मेवारी पनि हो। वृक्षारोपण अभियानलाई एकदिने कार्यक्रममा सीमित नराखी यसको संरक्षण र विस्तारमा सबैले जिम्मेवारीपूर्वक योगदान दिनुपर्छ। राष्ट्रिय युवा संघ नेपाल समाज र राष्ट्रको हितमा यस्ता रचनात्मक तथा जनमुखी अभियानलाई आगामी दिनमा पनि निरन्तर अघि बढाउनेछ।
एक युवा, एक बिरुवा – हरियाली नेपाल, समृद्ध नेपालको आधार हरेक नागरिकले आफ्नो घर, विद्यालय, कार्यालय तथा सार्वजनिक स्थानमा बिरुवा रोप्ने र त्यसको नियमित हेरचाह गर्ने बानी बसाल्नुपर्छ। केवल बिरुवा रोप्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई हुर्काएर ठूलो बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

वृक्षारोपण वातावरण संरक्षणसँगै भावी पुस्ताप्रतिको हाम्रो जिम्मेवारी पनि हो। त्यसैले ूएक व्यक्ति, एक बिरुवाू भन्ने अभियानलाई व्यवहारमा उतार्दै हरियाली नेपाल निर्माणमा सबैले योगदान दिनुपर्छ।
कार्यक्रमको समापन गदैृ आयोजकले रोपिएका बिरुवाको नियमित संरक्षण तथा हेरचाहमा समेत सबै सहभागीलाई सक्रिय रहन आग्रह गरेको छ।