देश बाहिर · मुख्य समाचार · समाचार

ज्यालामुखीको महाप्रलय र महाबर्षा : खुल्यो पृथ्वीमा कसरी आए डायनासोर

एजेन्सी न्युज – डायनासोर पृथ्वीबाट कसरी गायब भयो भन्ने कुरा अहिले पनि बहसको विषय बनेको छ । तर एक नयाँ अध्ययन अनुसार उनीहरुको विकास कसरी भयो भन्ने कुराको खुलासा गरेको हो ।
त्यस अध्ययन अनुसार, लगभग २३ करोड वर्ष पहिले, डायनासोर विशाल ज्वालामुखी विस्फोट र महान मनसूनको सहयोगबाट पृथ्वीमा विकसित भयो ।

बर्मिंघम विश्वविद्यालयका शोधकर्ताहरुले चीनको जियुआन बेसिनको एउटा तालमा भेटिएका तलछट र बिरुवा जीवाश्महरुको विश्लेषण गरेपछि यस्तो उल्लेख गरेका हुन् ।