• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रगन्ना तथा बड्कापथ सिचाई आयोजनाको चरम लापरवाहीले काममा ढिलाई

नेपाल पोस्ट दैनिक
    December 30, 2021  मा प्रकाशित

Spread the love
      

ओमप्रकाश गुप्ता लमही १४ पौष । उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय जलस्रोत तथा सिचाई विभाग मार्फत संचालित प्रगन्ना तथा बड्कापथ सिचाई आयोजना लमही दाङले एक दशकमा ७ किलोमिटर ३ सय मिटर नहर निर्माण गरेको छ ।
राप्ती नदीको दक्षिण भेक परम्परागत वड्का कुलोलाई नहरमा स्तरवृद्धी गरि राप्ती नदीको पानीले गढवा गाँउपालिकाका १ देखि ६ नम्वर वडाहरु सिचाइ गर्ने उदेश्यका साथ ३० किलोमिटर लम्बाई रहेको सो नहरको २०६८÷६९ मा बड्कापथ सिचाई योजनाको स्थापना गरि कार्य प्रारम्भ गरेको बड्कापथ सिचाई आयोजनाले एक दशकमा जम्मा ७ किलोमिटर ३ मिटर नहर निर्माण कार्य सम्पन्न गरेको जनाएको छ ।
भने गत आर्थिक वर्षमा १४ मिलोमिटर ७० मिटर नहरको ठेक्का सम्झौता भई काम भइरहे पनि नहर निर्माण स्थल खाली गराउन नसक्दा निर्माणले गति लिन नसेको आयोजना कार्यालय लमहीका प्रमुख वद्री कार्कीले बताए । उनले हाल सम्म ३७ प्रतिशत काम भएको वताएका छन् ।
उनका अनुसार निर्माण स्थल जंगल, आवाधी जग्गा विवाद तथा आम उपभोक्ताहरुको चासो कम हँुदा निर्माण स्थलमा समस्या आएको वताए । नहरको कार्य प्रारम्भ संगै मुहान देखि अन्त्य सम्म नहर स्थलहरुमा १७ सय रुखहरु परेका र ती रुखहरुको सम्वन्धित वन कार्यालय संगै समन्वय गरि कटानका लागि वन मन्त्रालयवाट ईआइए गरिएको थियो ।
यद्यपी ती स्थानहरुमा साना बुुटाहरु वढेर १० वर्षमा र ३७ सय ८० पुगे पछि पून इआइए गर्दा केही समय काम अवरुद्ध वनेको कार्यालय प्रमुख कार्कीले वताए । त्यसै गरि नहर निर्माणको सुरुवाती चरणमा महंगो भएका कारण स्थानियवासीहरुले नहर निर्माणका लागि निशुल्क जग्गा दिने प्रतिवद्धता जनाए । पनि नहर निर्माणका क्रममा परेका जग्गाधनीहरुले पून जग्गाको मौअब्जा दावी गरेका कारण केही सयम निर्माण ओझेलमा परेको वताए ।
अर्को कारण नहर निर्माणको चरण लामो सयम सम्म पनि नहरमा पानी नआउदा आमउपभोक्ताहरुको चासो कम भएकोले निर्माण्मा ढिलाई भएको कार्यालय प्रमुख कार्की बताउँछन् । पहिलो चरणमा १ अरव ९२ करोड ५० लाखको स्टिमेट भएकोमा पून सम्सोदन भइ दोस्रो चरणमा झण्डै ४ अरवको स्टिमेट भएको थियो । सो नहर निर्माणसंगै गढवा गाँउपालिका गाँउपालिको ४ हजार हेक्टर जग्गा सिचाई हुने छ ।
३० किलोमिटर नहरका ३ वटा शाखा र ५५ प्रशाखा रहने भएका छन् । प्रति सेकेण्ड ९ हजार क्यूमेट पानी संचालन हुने नहरको क्षेमता रहने छ । हाल सम्म सो ओाजनाका लागि १ अरव ४२ करोड १६ लाख रकम खर्च भइसकेको कार्यालयले जनाएको छ ।
यसै गरि प्रगन्ना तथा बड्कापथ सिचाई आयोजना कार्यालय प्रगन्ना कुलो सिचाई प्रणाली मार्फत देउखुरीको उत्तरी भेगका लमही नगरपालिका र राप्ती गाँउपालिकामा ५ हजार ८ सय हेक्टर क्षेत्रफ जमिनमा सिचाइ सेवा पु¥याएको छ ।
तीन वटा इन्टेक मार्फत राप्ती नदीको पानीलाइ नहर तथा समरचनाहरुबाट यस प्राणली मार्फत सेवा पुराउदै आएको कार्यालय प्रमुख कार्कीले वताए ।यस प्राणली तर्फ आयोजनाले मुख्य कमाण्ड क्षेत्रको समक्षण कार्य तथा अत्यावश्यक स्थानहरुमा उपभोक्ताहरुको माग वमोजिम नहर निर्माण सुधार लगायतका कार्य गर्दै आएको छ ।
कुवेती फाउन्डेसन र नेपाल सरकारको लगानीमा निर्माण भएको प्रगन्ना कुलो सिचाई प्रणाली निर्माण भएको दशक बितिसक्दा पनि उपभोक्ताहरुमा हस्तान्त्रण भएको छैन । उपभोक्ताहरु भने प्रत्येक वर्ष नहरमा पानी भित्राउन एक्साभेटरको प्रयोग गर्न उपभोक्ताहरुले नसक्ने भएका कारण हस्तान्त्रर्ण नलिएको १ नम्वर इन्टेकका अध्यक्ष कालिचरण चौधरी वताउछन ।
कार्यालय प्रमुख कार्की भने नहरको वाधमा डयाम नवाधेका कारण यस्तो समस्या भएको बताउछन । बड्कापथ कुलो सिचाई नहर निर्माणसंगै दुइ नहरवाट देउखुरीको १० हजार हेक्टर क्षेत्रफलमा सिचाइ सुविधा हुने छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
  • राजदेवी पञ्चावति मन्दिरको यस वर्षको आम्दानी खर्च सार्वजनिक
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑