सलमान पनवेलको फार्म हाउसमा भएका बेला उनलाई सर्पले टोकेको बताइएको छ । सलमानको स्वास्थ्य अहिले ठिक भएको बताइएको छ । उनलाई अबेर राती उपचारको लागि अस्पताल लगिएको थियो ।
सलमानलाई गएराती ३ बजे मुम्बइको कमोठे क्षेत्रमा रहेको एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ जानकारी अनुसार सलमान गएराती आफ्नो परिवारसहित पनवेलको फार्म हाउसमा थिए । उनीहरु त्यहाँ क्रिसमस मनाउन गएको बताइएको छ ।
उपचारपछि सलमान बिहान ९ बजे फार्महाउस पुगेका थिए । अहिले उनको स्वास्थ्य ठिक भएको बताइएको छ । पनवेलको जुन क्षेत्रमा सलमानको फार्म हाउस छ त्यो क्षेत्र पहाड र वन क्षेत्रले घेरिएको छ । यो क्षेत्रमा सर्प र अजिंगर आइरहन्छन् ।
