सिरहा, १७ मंसिर । शिक्षककाे लापरबाहीले सिरहामा ४ वर्षिय बालकको पोखरीमा डुवेर मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका ७ कदिमाटोलका श्यामसुन्दर यादवको ४ वर्षिय छोरा आर एन यादबको विद्यालय नजीकैको पोखरीमा डुवेर मृत्यु भएको हो । घरबाट पढ्न विद्यालय गएका बालक विद्यालय नजीकै रहेको पोखरीमा तैरिरहेको अवस्थामा साथीहरुले देखेपछि शिक्षकलाई खवर गरेका थिए । शिक्षक तथा स्थानीयले प्रहरीलाई खवर गरेपछि तत्काल प्रहरी पुगेर उद्धार गरेपनि बालकको मृत्यु भईसकेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।
पोखरी नजीकै रहेको खेतमा उनको हजुरआमा गएको देखेर बालक त्यहाँ जाँदा पोखरीको भिरालो डिलबाट लढेर पानीमा डुवेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनी बालविकासमा पढ्दै गरेको बताइएको छ । स्कुल पढन गएको बालक बिद्यालय बाहिर निस्केपनि शिक्षक हरु नदेखिनु शिक्षक हरुकाे लापरबाही रहेकोे मृतक बालकका बुवा श्यामसुन्दर यादवले बताएका छन । शिक्षकाे लापरबाहीकाे कारण बालकको मृत्यु भएको भन्दै दोषि शिकक्षकलाइ कार्वाही हुनुपर्ने स्थानीयकाे माग रहेकाे छ ।
सिरहामा ४ वर्षिय बालकको पोखरीमा डुवेर मृत्यु
Admin
•
