• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भारतको पटनाबाट जयकृष्ण गोईत प्रहरीको नियन्त्रणमा

नेपाल पोस्ट दैनिक
    September 17, 2021  मा प्रकाशित

Spread the love
      
  सिरहा  १ असाेज  –  नेपाल प्रहरीको टोली जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइतलाई भारतको पटना पुगेर पक्राउ गर्न सफल भए पनि स्वदेश ल्याउन भने असफल भएको छ। नेपाल प्रहरी, प्रदेश २ कार्यालयबाट खटिएको टोलीले पाँच महिनाअघि पटना पुगेर गोइतलाई पक्राउ गरेको थियो।

तर उनलाई नेपाल ल्याउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले आवश्यक समन्वय र सहयोग नगरिदिँदा उतै छाडेर फर्कनुपरेको स्रोतले बतायो। नेपालबाट खटिएको प्रहरी निरीक्षकको टोलीले भारतीय प्रहरीको सहयोगमा गोइतलाई उनी बसेकै ठाउँबाट पक्राउ गरेको थियो।

गोइत नेतृत्वको समूहले तराईमा लामो समयदेखि भूमिगत सशस्त्र गतिविधि गर्दै आएको छ। पछिल्लो पटक २०७७ चैतमा सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (जयकृष्ण गोइत समूह) ले लिएको थियो। विस्फोटको जिम्मेवारी लिएपछि प्रहरीको निगरानीमा परेका गोइतको खोजीमा सहयोग गर्न प्रदेश २, प्रहरी कार्यालय प्रमुखले भारतीय प्रहरीको विशेष टोलीलाई आग्रह गरेका थिए। उनलाई वैशाख पहिलो साता पक्राउ गरिएको थियो।

भारतीय प्रहरीको विशेष टोलीको सहयोगमा पक्राउ परेका उनलाई नेपाल पठाउन पटना प्रहरीले आनाकानी गरेपछि नेपाल प्रहरीको नेतृत्वले आवश्यक समन्वय र सहयोग नगर्दा रित्तै फर्कनुपरेको हो। पटना प्रहरी कार्यालयले गोइतलाई पठाउन आनाकानी गरेपछि तुरुन्तै प्रहरी प्रधान कार्यालयलाई यसबारे जानकारी गराएर सहयोग मागिएको थियो।

प्रहरी महानिरीक्षक शैलेश थापाले यसबारे गृहसचिव महेश्वर न्यौपानेलाई जानकारी गराए। न्यौपानेले परराष्ट्र मन्त्रालय र भारतीय दूतावाससम्म कुरा पुर्‍याए। ‘धेरै ठाउँमा कुरा पुग्यो। हल्ला भयो। उनलाई औपचारिक रुपमा हस्तान्तरण गर्नुपर्ने वा भारतमा अपराध गरेको ठहर गरेर थुन्नुपर्ने अवस्था सिर्जना भएपछि भारत सरकारले पठाउन चाहेन।

प्रहरी महानिरीक्षक वा उहाँको सचिवालयले समन्वय गरेको भए तुरुन्तै ल्याउन सकिन्थ्यो तर उहाँले धेरै ठाउँमा रिपोर्ट गरेपछि ल्याउन सकिएन’, पक्राउमा समन्वय गरेका एक प्रहरी अधिकारीले भने। ती अधिकारीका अनुसार निकै मेहनत गरेर गोइतलाई पक्राउ गरिए पनि प्रहरीको मूल नेतृत्वकै कारण ल्याउन नसकिएको हो।

२०७७ चैत १ मा मालपोत कार्यालय लहानमा बम विस्फोट हुँदा ८ जना घाइते भएका थिए। मालपोत कार्यालयमा विस्फोट हुनुअघि त्यसै दिन गोइत समूहका मुख्य नेता रामविलास यादवले जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका थिए। उनले आत्मसमर्पण गरेको केही घण्टामै विस्फोट भएको थियो। सोही दिन साँझ गोइत समूहले विस्फोटको जिम्मेवारी लिएको थियो। तराईमा क्रियाशील सबैजसो भूमिगत समूह आत्मसमर्पण गरी शान्तिप्रक्रियामा आउँदा पनि गोइत समूहले भूमिगत सशस्त्र संघर्ष जारी राखेको छ।

‘पहिला गोइतलाई जसरी पनि पक्राउ गर्न आदेश दिइयो, पक्राउ गरेपछि नेपाल ल्याउने बेला भारतमै अवरोध भयो। प्रहरी प्रधान कार्यालयले समन्वय गरी नेपाल ल्याउन आदेश दिन्छ होला भनेको त अन्तिममा उतै छाडेर आउन आदेश भयो’, एक उच्च प्रहरी अधिकारीले भने। गोइतको खोजीमा नेपाल प्रहरीको विशेष ब्युरोसमेत लागिपरेको थियो।

प्रदेश २, प्रहरी कार्यालयले भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ गरेपछि नेपाल ल्याउने बेला माथिल्लो निकायले ध्यान नदिएको पक्राउ गर्न पुगेका एक प्रहरीको भनाइ छ। ‘भारतीय प्रहरीका अधिकारी गोइतलाई पक्राउ गरी नेपाल पठाएर नेपाल प्रहरीले लगाएको गुन तिर्न चाहन्थे तर हाम्रो तर्फबाट कुनै पहलकदमी नभएपछि उतै छाडेर आउनुपर्‍यो’, ती प्रहरीले भने। ती प्रहरीका अनुसार गोइत नेपाल आउन तयार भएका थिए। तर पक्राउ गर्न सहयोग गरेको भारतीय प्रहरीले औपचारिक रुपमा चौकीबाट पठाउन नमिल्ने भनेपछि अवरोध उत्पन्न भएको थियो।

पछिल्लोपटक सरकारले ०७५ भदौ ८ गते वार्ता टोली बनाएर हिंसाको बाटोमा रहेका समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन पहल थालेको थियो। त्यसक्रममा गोइतलाई पनि वार्तामा आउन भनिएको थियो। तर गोइत समूह वार्तामा आएन। त्यति बेला सरकारले ४४ वटा सशस्त्र समूहमध्ये १६ वटाको गतिविधि नभएको जनाएको थियो। गोइत समूह वार्तामा नआएपछि उसलाई दमन गरेर सिध्याउनुपर्ने रणनीतिमा सरकार लागेको थियो। सरकारले २६ वटा समूहसँग वार्ता गरी सम्झौता गरे पनि गोइत समूहलाई निगरानीमा राखेको थियो।

तत्कालीन सरकारले माओवादी कम्युनिस्ट केन्द्र नेपाल, मधेस राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारी, संयुक्त जातीय मुक्ति मोर्चा नेपाल, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (आजाद समूह), तराई मिलिटरी मोर्चा, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (कौटिल्य), संघीय लिम्बुवान राज्यपरिषद् (सन्जुहाङ पालुङ्वा), मंगोल नेसनल रिभोल्युसनरी पार्टी, मधेसी भाइरस किलर्ससँग वार्ता गरी सम्झौता गरेको थियो।

त्यस्तै, सरकारले जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगतसिंह समूह), संयुक्त जातीय मुक्ति मोर्चा नेपाल (अविरल समूह), संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (पवन समूह), तराई मधेस टाइगर्स पार्टी, जनतान्त्रिक तराई मुक्ति (डा. मनोज मुक्ति), तराई संयुक्त जनक्रान्ति पार्टी नेपाललाई पनि शान्ति प्रक्रियामा ल्याएको थियो। यसैगरी तराई मुक्ति मोर्चा क्रान्तिकारी (अविनाश समूह), तराई जनतान्त्रिक पार्टी मधेस (मधेस चौधरी), अखिल जनतान्त्रिक तराई मोर्चा (विवेक समूह), तराई मधेस भाइरसलगायतका समूहले शान्तिप्रक्रियामा आई हतियार बुझाएका थिए।

को हुन् गोइत 

सप्तरी क्षेत्र नम्बर ३ बाट दुईपटक एमालेबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका गोइत दुईपटक नै पराजित भएका थिए। २०५४ सालमा एमाले फुटेपछि उनी माले हुँदै माओवादीमा प्रवेश गरेका थिए। एमाले र माले हुँदा उनी तराईमा सक्रिय वामपन्थी नेताको रुपमा चर्चित थिए। तर २०५८ सालमा माओवादीमा प्रवेश गरेका गोइत त्यहाँ पनि अटाएनन्।

माओवादीबाट बाहिरिएपछि आफ्नै नेतृत्वमा सशस्त्र समूह खोलेर उनी भूमिगत भएका थिए। तत्कालीन समयमा माओवादीले गोइतको नेतृत्वमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेको थियो। माओवादीले सो मोर्चाबाट गोइतलाई हटाएर मातृका यादवलाई संयोजक बनाएपछि उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा बनाएर हिंसाको बाटोमा लागेका हुन्। गोइत २०६१ साउन १० गतेदेखि भूमिगत छन्। हाल उनी भारतको पटनामा छन्। साभार : नागरिक दैनिकबाट 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑