• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहा : मेयर साहले साधु संन्तलाई झुक्याई लाखौ ठगिगरेको पिडित परिवारको आरोप

नेपाल पोस्ट दैनिक
    August 29, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १३ , भदौ । सिरहाको लहान नगरपालिकाको मेयर मुन्नी साह सुडीले जग्गा खरिद र मन्दिर निर्माण गर्ने नाउँमा एक जना संग ६२ लाख ५० हजार ठगी गरेको छ ।
धनगढीमाई नगरपालिका वडा नम्बर – ४ ( निमचौक ) बस्ने नन्दी महतो कोईरी ( गुमस्ता जि ) संग उक्त रकम ठगी गरेको पिडित र पिडित परीवारका सम्पुर्ण सदस्यहरुले मेयर सुडी माथी आरोप लगाएका हुन् । नागरिकता अनुसार ९० बर्ष र बास्तविक रुपमा १०३ बर्ष पुगेका वृद्ध (गुमस्ता जि) अजभोली दिनहु रोईरहेका छन् ।

मेयर साबलाई म धेरै विश्वास गर्थे , उहाँ संग हाम्रो बर्षौ देखि राम्रो सम्बन्ध थियो , स्थानीय तहको निर्वाचनमा उनलाई जिताउन मैले धेरै साथ दिएको छु , उनी संग हाम्रो घनिष्ठ सम्बन्ध थियो सम्बन्ध राम्रो रहेको कारण बेचेको घरको सम्पुर्ण पैसा ( बिना कागज) बिश्वासमा म मेयर साबलाई दिए । छोरा, छोरी, नाति , नातिनीले घर नबेच्नु भनेर मलाई पटक पटक भनिरन्थ्यो , ` म कसैको कुरो सुनिन ( गुमस्ता जि ) ले पत्रकार सम्मेलनमा सुनाए ।

एउटा गल्तीले यस्तो अति बृद्व अवस्थामा पनि छोरा , बुहारी, नाति , नातीनी लगायत घरपरिवारको तनावमा उनी अहिले बस्न बाध्य छन् । स्थानीय तहको निर्वाचन हुन आगावै करिब २०७१ सालमा गुमस्ताले लहान – ४ को आफ्नो निजि घर बेचेका थिए । ५५३ कित्ता नमबर १० धुर क्षेत्रफल रहेको उक्त घर सहितको जग्गा ५२ लाख ५० हजारमा बेचेको पत्रकार सम्मेलनमा उनले बताए ।सो पैसा मध्ये १० लाख ब्याजमा लगाई बाकी रहेको पैसा जग्गा खरिद र मन्दिर निर्माणमा लगाउन मेयर सहेबलाई `मैले भने ´ ब्याजमा लगाएको १० लाख रुपैयाको ब्याज थप १० लाख भएको छ भनेर केही बर्ष पछि मलाई मेयर भन्नुभयो ।
(बबाजी ) बैष्णोव मान्छे भएर मेयरसावलाई फराकिलो र शान्त ठाउँ मा हनुमान मन्दिर निर्माण गर्न जग्गा किनिदिन भने । मेरै पैसाले लहान नगरपालिकाको जे एस मुरारका क्यामसको पुर्व पट्टि मन्दिर निर्माण गर्न मेयर साबले २ कठ्ठा जग्गा पनी किनिदियो । हनुमान मन्दिर निर्माण पनि भयो ।
मेयर साहेब माथी पुर्ण रुपले बिश्वास भएर पैसाको हिसाब मैले कहिले मागेन , पैसा मेरो भएपनी सबै काम मेयरले नै गर्‍यो `तर ´ मन्दिर निर्माणाधिन उक्त जग्गा मेरो नाममा नामसारी नगरेर छोरा विशाल साहको नाममा दिएको सुन्छु । मेयर साबलाई पटक पटक जग्गाधनी पुर्जा हेर्न दिनु भनेर भनिरहदा पनि हाल सम्म कागजात हेर्न दिएको छैन् गुमस्ता जि को माईलो छोरा बद्री नारायण महतोले बताए ।
मेरो वुवालाई मेयर सहाबले मनसिक रुपले यातना दिई जग्गा बेचाएको छ दावी गर्दै उनले भने – अस्ति मैले उहाँ संग प्रत्यक्ष रुपले भेट्न जादा मेयर साहेबले कुरा फेर्नु भएको छ । छोरा विशाल साहलाई मन्दिरको जग्गा दाता बनाउछु तपाईंहरु पुजारी बनेर बस्नु मेयरको भनाई रहेको महतोले सुनाए ।
लहान – ४ मा रहेको घर सहितको जग्गा मालपोतमा पास गराउन मेयर साबको दवावमा भतिज मनोज कुमार महतोलाई सनाखतमा जबरजस्ती लगेको पारिवारिक स्रोतको आरोप छ ।
( गुमस्ता जि ) का ३ छोरा बुहारी र २ छोरी , ज्वाई छन् । केही बर्ष अघि हालसालै उनको श्रीमती बितेका छन् । दर्जनौ नाति नातिनी रहेको गुमस्ता जि एक प्रतिष्ठित ब्यक्ति भएको स्थानीयहरु बताउँछन् । मेयरले बनाईदिएका लहान स्थित मन्दिरमा मुख्य पुजारी भएर बस्दै गरेको उनी आजभोलि आफ्नो छोराको घर निमचैक मा आएका छन् ।
मेयर साहको दवावमा केही महिना अगाडी उनलाई ज्यान मार्ने प्रयास पनि भएको थियो । मेयर साहले मन्दिरमा राखेका सहयोगीले उनिमाथी आक्रमणको प्रयास गरेको ( गुमस्ता जि ) ले बताए । त्यही दिन देखि म मन्दिरमा बस्न छोडेको छु, पत्रकारलाई सुनाए । पटक पटक मेयरले दवाव दिई विभिन्न फर्जी कागज वुवाबाट बनाएको (गुमस्ता जि )को छोरा , बुहारीको दावी छ ।
मेयरले जग्गा परिवारको नाउँमा गर्दैन भने हामी लहानमा शान्तिपुर्ण धर्ना दिन र आन्दोलन गर्न तयार रहेको छु, परिवारको भनाई छ ।
सत्य तथ्य रुपमा छानबिन गरि न्यायका लागि प्रहरी प्रशासन र पत्रकार संग उनी र उनको सम्पुर्ण परिवारले सामुहिक रुपमा गुहार गरेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑