• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहा सेवा समाजको आठौं अधिवेशन सम्पन्न

नेपाल पोस्ट दैनिक
    July 31, 2021  मा प्रकाशित

Spread the love
      

करिम बक्स मियाँ दोहा- सिरहा सेवा समाजको आठौं अधिवेशन सम्पन्न भएको छ।लामो समयदेखी आन्तरिक बिभाजनको मार खेपेको समाजको एकता अधिवेशन सम्पन्न भएको हो। नेपाली राजदुतावासका द्वितीय सचिव प्रबिण भट्टराईको प्रमुख आतिथ्यता र रामकुमार मण्डलको सभापतित्वमा कार्यक्रम सप्पन्न भएको छ । बिगत ६ वर्षदेखी रामबाबू यादव पक्ष र राम कुमार मण्डल समुहले अलग अलग गतिविधि गर्दै आई रहेका थिए।

सिराहा सेवा समाजका संस्थापक शाकीर अलीको मध्यस्थतामा दुबै समुहका रामकुमार मण्डल र रामबाबु यादव पक्षविच भएको लामो छलफल पश्चात् एकता सम्भव भएको हो।

दुबै समुहका अध्यक्ष विच दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने र दुबै पक्षका दोस्रो तहका सदस्यहरुलाई आठौं अधिवेशनबाट ब्यबस्थापन गर्दै एकता गरेर जाने सहमति अनुसार एकता अधिवेशन सम्पन्न भएको सामाजिक अगुवा शाकीर अलीले जानकारी दिए।

दोहा स्थित क्राउन प्लाजामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी भट्टराईले दूतावासले सबै नेपालीलाई समान दृष्टिकोण राख्ने र व्यबहार गर्दै आई रहेको बताए। उनले भने “हामीले कुनैपनी नेपालीमाथी विभेदको व्यबहार गरेका छैनौं” । दूतावासमा आउने मधेसी समुदायका व्यक्तिहरुले आफुहरु हेपिएको भन्दै आक्रोश पोख्ने गरेकोप्रती लक्षित गर्दै भट्टराईले भने “उहाँहरु कतिपय नबुझेर रिसाउनु हुन्छ भने केहिले बुझेरपनी रिसाउनु हुन्छ।”

राहदानी नविकरण देखि जन्मदर्तामा देखिएका जटिलतालाई दूतावासले अवस्था अनुसार सहज गर्दै सबैलाई सेवा प्रदान गरेको र कतारमा जन्मिएका बालबालिकाहरुको स्वदेश गएका बेला अनिवार्य रुपमा जन्मदर्ता गर्ने परिपाटीको बिकास गर्न सबैलाई अनुरोध गरे। एनसीसी कतारका अध्यक्ष मुहम्मद मुक्तदा मुसलमानले कतारमा कुनैपनि समस्यामा परेका नेपालीहरुको सहयोग गर्न एनसीसी कतार सदैव तयार रहेको बताए। उनले भने “कानुनी समस्या बाहेक हामीले कुनैपनि नेपालीको सामाजिक समस्या हल गर्नेछौं।” रोजगारीमा समस्या आएमा, खानबस्न तथा टिकट अभाव भएर स्वदेश फर्किन समस्या परेका नेपालीहरुको तुरुन्तै उद्वार गर्ने मुसलमानले बताए।

विश्वव्यापी रूपमा फैलिएको कोरोनाको कहरले मानिसहरुलाई “भर्चुअल” बनाई दिएको बेला सिराहा सेवा समाजले प्रत्यक्ष कार्यक्रम आयोजना गरेर सबैलाई भौतिक रूपमा मिलनको अवसर प्रदान गरेको भन्दै सहभागी वक्ताहरुले खुशी व्यक्त गरे।

कतारको ‘लअ अफ ल्याण्ड’ को सम्मान गर्दै कतार सरकारद्वारा जारी कोरोना सम्वन्धी निर्देशिकाको पूर्ण पालना गर्दै अभियान सन्चालन गर्नु पर्नेमा सहभागी वक्ताहरुले जोड दिए। कार्यक्रममा एनआरएनए आईसीसी सदस्य रमेश भट्ट, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, नेपाली जनसम्पर्क समितिका कार्यवाहक सभापती ठाकुर कुमार परियार, प्रबासी नेपाली मन्च(ओली समूह) का अध्यक्ष चानक पोखरेल, प्रबासी नेपाली मन्च(माधव कुमार) समुहका अध्यक्ष रामहरि गैह्रे, प्रबासी नेपाली आदिवासी जनजाती महासंघ, नेपाली मुस्लिम समाजका प्रतिनिधीहरुले शुभकामना व्यक्त गरेका थिए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एसिया च्याप्टरका सल्लाहकार समेत रहेका रेगिस्तानी कवि तिर्थ संगम राईले “सेतो गुराँस” शिर्षकको कविता वाचन गरेका थिए भने सामाजिक अगुवा शाकीर अलीले धन्यवाद ज्ञापन गरेका थिए।

“अनेकता विच एकता नै समाजको बल हो” भन्ने नारा सहित सम्पन्न आठौं अधिवेशनबाट जिबछ यादवको नेतृत्वमा हाललाई १३ सदस्यीय कार्यसमिति चयन भएको छ। कार्यसमितिमा प्रथम उपाध्यक्ष मुहम्मद हनीफ शेख, द्वितीय उपाध्यक्ष अमिरी मण्डल, महासचिव रामाराम मण्डल, सचिव बिरेन्द्र यादव, कोषाध्यक्ष ईशा राईन, सह-कोषाध्यक्ष सुरेश यादव र सदस्यहरुमा सुरेश यादव, घुरन मण्डल, बेचन यादव, बिनोद कुमार यादव, जिबछ ठाकुर रहेका छन्। बाँकी सदस्यहरु पछि मनोनीत गर्ने नवनिर्वाचित अध्यक्ष जिबछ यादवले बताए।

संस्थाको संरक्षकमा रामकुमार मण्डल प्रमुख सल्लाहकारमा रामबाबु यादव, सल्लाहकारमा शाकीर अली, रामबाबु यादव, उमैर आलम, रामेश्वर मण्डल, यासीन राईन, सुरेश मण्डल र तेजिला मण्डल चयन भएका छन् ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ज्यान लिने निपाह भाइरसको प्रकोप बढ्दै
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑