शम्भु चौधरी सिरहा ८ असार । सिरहाका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । लहान नगर पालिका ९ गोठ ठोलका ५० वर्षिय जोगिन्द्र साह र भगवानपुर गाउँ पालिका ५ का ४५ वर्षिय देव नारयाण यादवको सोमबार विहान करेन्ट लागेर मृत्यु भएको हो ।
लहानका साह खेतमा कल गाड्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका थिए । उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि अस्पताल पुर्याए पनि उनको अस्पताल पुग्दा मृत्यु भईसकेको थियो ।
त्यसैगरी, भगवानपुरका यादव घरको विद्युतिय मिटरको तार जोड्त्रे क्रममा करेन्ट लागेर घाइते भएका थिए ।
उनको पनि उपचारको लागी अस्पताल लैजाने क्रममा मृत्यु भएको लहान प्रहरीले जनाएको छ । उनीहरुको शव पोष्टमार्टम पछि परिवारजनले जिम्मा लिएका छन् ।
