मुख्य समाचार · समाचार

काठमाडौँ ३ जेष्ठ – पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाइ हरेन्द्रबहादुर थापाको निधन भएको छ । सोमबार हरेन्द्रको काठमाडौँको मालिगाउँमा हृदयघातबाट निधन भएको हो । 

नेपाली सेनाका मेजरसमेत रहेका हरेन्द्रको आजै पशुपति आर्यघाटमा अन्यष्टि गरिएको छ । हरेन्द्रको तीन छोरा र एक छोरी छन् ।