मुख्य समाचार

एसइई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको अध्यक्ष पौडेलले बताए ।  एसइईको प्रश्नपत्र छापिएर कतिपय प्रदेशको प्याकिङसमेत भइसकेको बताइएकाे छ ।

महामारीका कारण अहिले शैक्षिक संस्था बन्द मात्र छैनन्, अधिकांश जिल्लामा निषेधाज्ञासमेत छ ।