अनुभक्त चौधरी, सिरहा÷६ वैशाख सिरहाको लहान नगरपालिका २२ स्थित धार्मिक तथा ऐतिहासिक स्थल पटेर्वा पोखरीको रिटेििनंग तथा राम मन्दिरको जिर्णोदारको काम तीब्र रुपमा भइरहेको छ ।
करिव ३ विघा क्षेत्रफलमा फैलिएको सार्वजनिक पोखरीको रिटेनिंग वाल निर्माण तथा मन्दिरको सौन्दर्यकरणले रक्षा बन्धन र राम नवमीमा लाग्ने भव्य मेला भर्न आउने श्रद्धालुहरुलाई सहज हुनुको साथै तराईको महत्वपूर्ण चाड छठ पूजा गर्न पनि सजिलो हुने स्थानीय बताउँछन् ।
वर्षौ पुरानो उक्त पोखरीको रिटेनिंग तथा राम मन्दिरको मर्मत् सम्भार अभावका कारण यसअघि भव्य मेला भर्न आउने श्रद्धालु भक्तजनहरुलाई दर्शन गर्न तथा नुहाई धुवाई गर्न समस्या भइरहेको थियो ।
प्रदेश सभा सदस्य लगनलाल चौधरीको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत ७ लाखको लागतमा उक्त पोखरीको रिटेनिंग तथा मन्दिरको मर्मत सम्भार हुन लागेको पर्शुराम चौधरीले जनाएको छ ।