• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रधानाध्यापकको बिषयमा आपसी बिबाद हुँदा बिधार्थीको भबिष्य अन्यौलमा

नेपाल पोस्ट दैनिक
    March 18, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ५ चैत – कुनै पनी विधालयमा एउटा प्रधानाध्याक हुन्छ । एउटै विधालयमा दुईटा प्रधानाध्यापक छ भनेर सुन्दा तपाँईलाई अचम्म लाग्न सक्छ त्यस्तै भएको छ। सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर– १ को कचनारीमा रहेको एक बिधालयमा बिवाद उग्ररूप लिएका छन् ।
कचनारीमा रहेको श्री आधारभुत विधालयमा करिब आठ महिना देखी प्रधानाध्यापकको बिषयमा आपसी बिबाद हुँदा बिधार्थीको भबिष्य अन्यौलमा रहेको छ ।                                          कक्षा ८ सम्म संचालनमा रहेको सो विधालयमा २०७७ भदौ १७ गते देखी प्रधानाध्यापकको बिषयमा आपसि बिबाद चल्दै आईरहेको छ । प्रधानाध्यापकको बिषयमा आपसी बिबादका कारण उच्च आदालत जनकपुर राजबिराजमा मुद्दा दायर भएको छ । ४ वटा शिक्षक मात्र रहेको सो बिधालयमा २ टा शिक्षक बिच निमित प्रधानाध्यापकको बिषयमा आपसी बिबाद हुँदा सो विधालयको पुर्ण रुपमा अध्ययन अध्यापनमा प्रभाबित परेको स्थानियहरुले बताएका छन् ।

निमित प्रधानाध्यापक रामनाथ भगत यादवले मिति २०७७ बैशाख १० गतेदेखी बिधालयमा प्रधानाध्यापकको रुपमा कार्यभार सम्हाल्दै आईरहेको थियो ।

शिक्षा विकास तथा समन्वय ईकाई , सिरहा कार्यालयले बरिष्ठताको आधारमा प्रअ रामनाथ भगत यादबलाई मान्यता दिईरहेको बेला गाउँपालिकाले मिति २०७७ भदौ १७ गतेका दिन सोही बिधालयमा काजमा बिन्देश्वर प्रसाद यादबलाई निमित प्रधानाध्यापकको रुपमा पठाएर बिबाद चुलिएको छ । पहिलाको निमित प्रधानाध्यापक रामनाथ भगत यादबले गाउँपालिकाले काजमा पठाएका बिन्देश्वर प्रसाद यादबलाई सहमती दिएको छैन ।                                                                              शिक्षा ऐनमा पहिलेको प्रधानाध्यापकले दोस्रो प्रधानाध्यापक बिधालयमा हाजीरी हुँदा सहमती दिनुपर्ने प्राबधान रहेको छ । कुनैपनी अफिसिय काम गर्दा दुईटै प्रधानाध्यापकले लेटरप्याडमा सिग्नेचर गर्दै आईरहेको छ । गाउँपालिकाले निमित प्रअ पठाएर बिबाद खडा गरेको निमित प्रधानाध्यापक रामनाथ भगत यादवले बताएका छन । उनले भने आदालतमुद्धा दायर गरेको छु ।

आदालतको फौसलाको सुनवाई चैत्र ८ गते छ । सहदेव यादवलाई काज फिर्ताको लागी शिक्षा विकास तथा समन्वय ईकाई सिरहाबाट मिति २०७७ माघ २० गते आधिकारीक रुपमा चिठ्ठी आईसकेको भएपनी उनले स्कुल नछोडेको बताए । उनले भने साउन महिना देखि मलाई गाउँपालिकाले तलब दिएको छैन् । स्कुलमा राजनीतिक हावी छ राजनीतिक हिसाबले गाउँपालिकाले उनलाई न्युक्ती गरेको निमित्त प्रधानाध्यापक यादवले बताएका छन् ।

यता अर्काे प्रधानाध्यापक बिन्देश्वर प्रसाद यादवले भने मलाई गाउँपालिकाले मिति २०७७ भदौ १७ गते निमित प्रधानाध्यापकको लागी चिठी दिएको छ । गाउँपालिकाले काज फिर्ता पठाएको खण्डमा म स्कुल छेडने छु ,‘ शिक्षा विकास तथा समन्वय ईकाईको चिठी मैले बुझेकै छैन उनले भने ।’
३ सय ९६ बिधार्थी अध्यनरत रहेको बिधालयमा एउटा कार्यालय सहयोगी र प्रअ लगायत ४ जना शिक्षकको भरमा विधालयमा कक्षा संचालन भैरहेको छ ।                                            कक्षा कोठाको आभाव छन् कक्षा कोठाको आभावका कारण कक्षा १ देखि ३ सम्मका बिधार्थीहरु एउटै कोठामा अध्ययन गरिरहेको छ भने कक्षा ४ र ५ , र ६,७ का बिधार्थीहरु एउटै कक्षा कोठामा अध्ययन गरिरहेको बिधार्थीहरुले बताएका छन् । पाठयक्रम अनुसारको अध्यापन नहुने , बिषयहरु पुर्ण रुपमा पढाई नहुने बिधार्थीहरुले गुनासो गरे ।

करिब ४ साल देखि सो बिधालयमा ब्यबस्पान समिति छैन ब्यबस्थापन समिति नहुदा खाजा कार्यक्रम पनी संचालनमा छैन । बेन्च डेस्को आभाबको कारण तल्लो तह कक्षाका बिधार्थीहरु भुईमै बसेर अध्ययन गर्न बाध्य छन् । विधालयमा खानेपानी र शैचालय समेत नरहेको बिधार्थीहरुले गुनासो गरेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑