• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

तान्जानिया : जहाँ सरकारले नै कोभिड–१९ विरुद्धको भ्याक्सिनभन्दा जडीबुटी प्रयोगमा जोड दिइरहेको छ

नेपाल पोस्ट दैनिक
    February 7, 2021  मा प्रकाशित

Spread the love
      

काठमाडौं माघ २५ गते।कोरोना भाइरसविरुद्ध लड्न विश्वका धेरै राष्ट्रले भ्याक्सिन लगाइरहेका छन् । कतिपय राष्ट्रमा भ्याक्सिनको दोस्रो डोजसमेत पूरा भइसकेको छ भने केही देशमा भ्याक्सिनको पहिलो डोज लगाउने तयारी जारी छ ।

तर, दक्षिण अफ्रिकी मुलुक तान्जानियाको कथा भने अलि फरक छ । रिपोर्टअनुसार दक्षिण अफ्रिका कोभिड– १९ बाट निकै नै प्रभावित भएको क्षेत्रमध्ये पर्छ । तर, तान्जानियाली सरकारले आफ्ना नागरिकलाई भ्याक्सिन लगाउनु नपर्ने सल्लाह दिँदै आएको छ । आत्मबल र घरेलु जडीबुटी नै यो संक्रमणको औषधि भएको सरकारको भनाइ छ । सरकारले तत्काल भ्याक्सिन वितरण गर्ने कुनै योजना पनि नरहेको स्पष्ट पारेको छ ।

यसै साता बीबीसीका डिकेन्स ओलेवेले तान्जानियाकी एक महिलासँग कुराकानी गरेका थिए । ती महिलाले आफ्ना श्रीमान् र बुबाले कोभिड–१९ कै कारण ज्यान गुमाएको बताएकी छिन् । तर, सरकारी रिपोर्टमा उनीहरू दुवैजनाको निधन कोभिडबाट नभई अन्य रोगले भएको उल्लेख छ । सरकारको निर्देशन पालना गर्नुपर्दा यस्ता धेरै व्यक्तिले परिवारको सदस्य कोरोना संक्रमणबाट गुमाउँदा पनि चुपचाप बस्नुपरेको छ ।

तान्जानिया सरकारले आफ्नो देश कोभिड– १९ बाट मुक्त भएको दाबी गरेको छ । यसकारण पछिल्लो समयमा जति पनि व्यक्तिको मृत्यु भयो ती सबै अन्य रोगका कारण मरेको सरकारको भनाइ छ । एक साताअघिको कुरा हो, पिटर (नाम परिवर्तन) व्यक्ति काम सकाएर घर पुगे । तत्काल उनलाई सुक्खा रुघा लाग्यो । साथै उनले खानामा कुनै स्वाद पाउन सकेनन् । भोलिपल्ट नै पिटरलाई अस्पताल पु¥याइएको थियो । त्यहाँ कोभिडको कुनै परीक्षण भएन । उपचारकै क्रममा पिटरको निधन भयो । सरकार यस घटनामा चुप लागेर बस्यो । स्थानीय मिडियाको अनुसार तान्जानियाली सरकारले केही महिनादेखि कोरोना परीक्षण रोकेको छ । उनीहरूले कुनै रिपोर्ट सार्वजनिक गरेकै छैनन् । सरकारी अधिकारीहरूले पनि यो भनाइलाई स्वीकार गरेका छन् । उनीहरू भन्छन्, ‘तान्जानिया कोरोनामुक्त राष्ट्र हो ।’ तान्जानिया मात्रै नभएर दक्षिण अफ्रिकाको पूर्वी भागमा रहेका सबै राष्ट्रको अवस्था यस्तै छ । यद्यपि, कहिलेकाहीँ हुने कोभिड परीक्षणबाट पनि रिपोर्ट पजिटिभ आउँदैन ।

दक्षिण–पूर्वी अफ्रिकी केही राष्ट्रमा कोरोनाबारे कुरा गर्नसमेत प्रतिबन्ध
दक्षिण–पूर्वी अफ्रिकी केही राष्ट्रमा कोरोनाबारे कुरा गर्नसमेत प्रतिबन्ध लगाएको बिबिसीले उल्लेख गरेको छ । तान्जानियामा थोरै परिवारले मात्र कोभिड– १९ को अनुभव बाँडेका छन् । उनीहरू गोप्य वा लुकिछिपी कोरोनासम्बन्धी एक–आपसमा कुराकानी गर्छन् । पिटरकी श्रीमतीले कोभिड– १९ बाटै आफ्ना श्रीमान्को निधन भएको मुखै खोलेर बोल्न सकिनन् । तर, उनको मनमा भने श्रीमान्को मृत्यु कोरोनाबाटै भएको विश्वास छ ।

सरकारले प्रतिबन्ध लगाए पनि उनी आफ्ना श्रीमान् अर्को रोगले नभएर कोरोनाले निधन भएको मिडियासामु बताउँछिन् । युरोपियन राष्ट्रहरूले तान्जानियालगायतका दक्षिण अफ्रिकी राष्ट्रहरूमा आफ्ना नागरिकलाई भ्रमण नगर्न भनेका छन् । अमेरिकाले पनि यस्तै नियम लगाएको छ ।

जडीबुटीमै जोड
गत वर्षको जुन महिनामा तान्जानियाका राष्ट्रपति जोहन मागुफुलीले राष्ट्र ‘कोरोनामुक्त’ भएको घोषणा गरेका थिए । राष्ट्रपति मागुफुलीको भनाइमा सही थप्दै सरकारका शीर्ष पदाधिकारीले समेत मास्क नलगाउन र स्यानिटाइज नगर्न सुझाब दिए । ‘कोरोनामुक्त’ घोषणा भए पनि सर्वसाधारणले भने मास्क लगाउन र स्यानिटाइजर गर्न छाडेनन् । तर, तान्जानिया सरकारले भने छिमेकी राष्ट्रहरू जहाँ मास्क लगाउने र स्यानिटाइज गर्नेमाथि होच्याउन छाडेन ।

राष्ट्रपति जोहनले विनापरीक्षण तथा कुनै निश्चित नतिजा नआउँदासम्म कोरोनाविरुद्धको खोप तान्जानियामा प्रवेश नहुने घोषणा नै गरेका छन् । आधुनिक औषधिभन्दा परम्परागत जडीबुटी नै रोग निवारणमा उत्तम हुने उनको सल्लाह छ । ‘भ्याक्सिनले हानि पु¥याउन सक्छ, आधुनिक औषधिको पछि लाग्न हुन्न र जडीबुटी नै राम्रो हो,’ राष्ट्रपति जोहनले भन्दै आएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले स्वीकृति दिएका भ्याक्सिनहरूले स्वास्थ्यमा खराबी ल्याउन सक्ने उनको भनाइ छ ।

‘भ्याक्सिनबारे हामी अझै पनि स्पष्ट भइसकेका छैनौँ, हामीलाई यसमा शंका छ, हामीले भ्याक्सिनलाई गुएनाको सुँगुरकै रूपमा लिएका छौँ,’ भ्याक्सिन लगाउन नै नहुने मनसायका साथ उनले प्रतिक्रिया दिए । राष्ट्रपति जोहनले भ्याक्सिन लगाएका व्यक्तिले भविष्यमा डरलाग्दो रोगको सामना गर्नुपर्ने हुन सक्ने चेतावनी पनि दिएका छन् । उनी भन्छन्, ‘यदि कसैले भ्याक्सिन लिइसकेको छ भने भविष्यमा डरलाग्दो रोगको सामना गर्नुपर्ने हुन्छ, त्यसवेला ती व्यक्ति स्वयं जिम्मेवार हुनुपर्छ, क्यान्सर र टिभीजस्तो रोग लाग्न सक्छ ।’
तान्जानियाका राष्ट्रपति जोहनले पश्चिमेली सामाज्यवादीहरूले भ्याक्सिन वितरण गरी नियन्त्रणमा राख्ने कोसिस भइरहेको आरोप लगाएका छन् । ‘यो सबै पश्चिमाहरूकै काम हो, भ्याक्सिनले कोरोना भागाउँछ ?’ उनले प्रश्न गरे ।

तान्जानियाको दाबीमा डब्ल्युएचओ असहमत
डब्ल्युएचओ भने राष्ट्रपति जोहनले भ्याक्सिनविरुद्ध दिएको प्रतिक्रिया कदापि मान्न नसकिने जनाएको छ । भ्याक्सिनले मानिसलाई नयाँ जीवन दिने, आत्मविश्वास बढाउने र संसारलाई कोरोनामुक्त पार्ने तर्क डब्ल्युएचओको छ । ‘भ्याक्सिनले काम गर्छ, तान्जानिया सरकारले यसलाई कार्यान्वयन गर्नुपर्छ,’ दक्षिण अफ्रिकाका लागि डब्ल्युएचओका निर्देशक तथा डा. मासिडिसो मोइटेले भने, ‘हामी सरकारको निर्णय मान्न तयार छैनौँ ।’ तान्जानियाका स्वास्थ्यमन्त्री डोरोथी वाजिमाले सरकारको आफ्नै नीति रहेका कारण भ्याक्सिन तत्काल परीक्षण नगरिएको बताएकी छिन् ।

‘स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभाग छन्, यसले आफ्नो काम गरिरहेको छ, कुनै पनि परीक्षण नगरी भ्याक्सिन लगाउन अनुमति तत्काल दिन सकिँदैन, हामी आफूले नै उत्पादन गरेको औषधि र जडीबुटीमै विश्वास राख्छौँ,’ राष्ट्रपति जोहनलाई बचाउ गर्दै स्वास्थ्यमन्त्री वाजिमाले भनिन् । राष्ट्रपतिझैँ स्वास्थ्यमन्त्री वाजिमाले घरेलु उत्पादक जडीबुटी नै कोरोनाविरुद्धको उत्तम उपाय भएको दोहो¥याएकी छिन् । उनी भन्छिन्, ‘अदुवा, प्याज, कागती तथा पेयपदार्थको मिश्रणबाट बनाइएको औषधि नै भ्याक्सिनबराबर हुन्छ, यसले कोरोना भाइरस नियन्त्रण गर्नमा मद्दत मिल्छ ।’ सरकारी अधिकारीले कोरोनामुक्त घोषणा गरे पनि तान्जानियाको एक क्याथोलिक चर्चमा शीर्ष नेताहरूले यसै साता राखेको भेलामा सर्वसाधारणलाई कोरोनासम्बन्धी सूचनामूलक सन्देश दिएका थिए । उनीहरूले सरकारको नियम तोडेर बाहिर आउनुपर्ने र कोरोना फैलनबाट रोक्न भ्याक्सिन लगाउनुपर्ने सुझाब दिएका थिए ।

कोरोनाको डरले मास्क लगाएको होइन : स्वास्थ्यसचिव
गत महिना डेनमार्कले एउटा रिपोर्ट सार्वजनिक गरेको थियो । जसमा लेखिएको थियो, ‘तान्जानिया भ्रमण गरेका आफ्ना दुई नागरिकमा कोरोना देखियो ।’ दक्षिण अफ्रिकी मुलुक तान्जानिया कोरोना फैलाउन अगाडि बढिरहेको रिपोर्टमा उल्लेख छ । यो रिपोर्ट सार्वजनिक भएलगत्तै तान्जानियाका स्वास्थ्यसचिव तथा प्रोफेसर मुवुला चेम्बेले दुई अस्पतालको निरीक्षण गरेका थिए ।

ती दुई अस्पतालमा कोरोनाबाट ग्रसित व्यक्तिहरू थिए । तर, स्वास्थ्यसचिव मुवुलाले उपचारार्थ व्यक्ति कोरोना भाइरसबाट संक्रमित नभएर उनीहरू श्वास–प्रश्वाससम्बन्धी समस्या, उच्च रक्तचाप, मिर्गौला वा दमबाट पीडित भएको जानकारी दिए । उनले सडकमा हिँडिरहेका व्यक्तिले मास्क लगाउनु र स्यानिटाइजर गर्नु कोरोनाका कारण नभएको दाबी गरे । ‘तपार्इंहरूले तान्जानियाका सडकमा सर्वसाधारणले मास्क लगाएको र स्यानिटाइज गरेको पनि देख्नुहुन्छ । वास्तवमा उनीहरूले कोरोना भगाउन यस्तो गरेको होइन, फरक उद्देश्यकै निमित्त हो,’ मुवुलाले भने, ‘यहाँ कुनै कोरोना छैन, भ्याक्सिन लगाउने योजना पनि छैन ।’
–एजेन्सीको सहयोगमा (नयाँ पत्रिका बाट)

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑