• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुर्खेत मोडेल कलेजका छात्र गणेश ढकाल नेपालमै प्रथम

नेपाल पोस्ट दैनिक
    December 9, 2020  मा प्रकाशित

Spread the love
      
सुर्खेत  २३, सुर्खेत । सुर्खेतका गणेश ढकाल नेपालमै प्रथम भएका छन् । त्रिभुवन विश्वविद्यालयले २०७५ सालमा वीवीएस तर्फ लिएको परीक्षामा सुर्खेत मोडेल कलेजका छात्र ढकालले नेपालमै प्रथम स्थान हासिल गरेका हुन् । त्रिविले स्नातक (वीवीएस) विशिष्ट श्रेणीबाट उर्तिण ढकाललाई ‘नेपाल बैंक लिमिटेड छत्र बहादुर’ पदकबाट सम्मान गर्न लागेको छ । शैक्षिक शत्र २०७२–२०७५ व्याचका प्रतिभाशाली छात्र ढकालले स्नातक (वीवीएस) तर्फ ७५ प्रतिशत अंक ल्याएर विशिष्ट श्रेणी हासिल गरेका हुन् । जिल्लाको भेरीगंगा नगरपालिका–८, का स्थायी निवासी ढकाल हाल सरकारी जागिरेसँगै स्नातकोत्तर (एमवीएस) मा अध्ययनरत छन् । बाल्यकालदेखि नै पढाईमा अब्बल हुँदै आएका ढकालले त्रिविले सम्मान गर्न लागेको प्रति खुशी व्यक्त गर्दे स्काई न्यूजसँग भने, ‘भगवानको घरमा देर हुन्छ, अँधेर हुँदैन’ । यो नतिजा अलि पहिले नै आउनु पथ्र्यो । तर ढिलो आएपनि दुरुस्त आयो । मलाई त कलेजले साविकको मध्य तथा सुदूरपश्चिम फस्र्ट भनेको थियो । तर अहिले त्रिविले त देशकै प्रथम भनेपछि उम्दा खुशी छु ।’ उनले मोडेल कलेजका शिक्षक, विद्यार्थी साथीभाई तथा अभिभावकको सहयोग, सद्भाव तथा आर्शिरवाबाटै देशमै प्रथम स्थान हासिल गर्न सफलता भएको बताए ।

‘राम्रो नम्वर र सरकारी जागिर खानका लागि राजधानी जस्ता ठूला शहरमै पढ्नु पर्छ भन्ने रहेनछ,’ उनले भने, ‘साना–साना मेहनतले पनि सुर्खेत जस्ता साना शहरमा बसेर ठूलो सफलता हात पार्न सकिन्छ भन्ने शिक्षा यो सफलताबाट प्राप्त भयो ।’ उनका अनुसार लक्ष्य निश्चित भएपछि निरन्तर मेहनतसँगै दृढ ईच्छाशक्तिले जुनसुकै परिस्थितिमा सफलता सहजै हात पार्न सकिन्छ । यता गणेश ढकालको सफलताबाट मोडल कलेज व्यवस्थापन समितिसँगै शिक्षक, विद्यार्थी तथा अभिभावकमा खुशी छाएको छ । कलेजका प्रिन्सिपल गणेश आचार्यले ढकालको सफलता कलेज र जिल्लाका लागि मात्र होइन देशकै लागि भएको बताए । उनले अनुशासित, ईमानदार र मेहनती ढकालको सफलता कलेजका अन्य विद्यार्थीका लागि समेत प्रेरणाको स्रोत भएको जनाए । ‘कलेज ढकालको थप उत्तरौंत्तर प्रगतिको कामना गर्छ,’ उनले भने, ‘ढकालको सफलता भित्र कलेजको समेत सफलता लुकेकाले थप गुणस्तरीय शिक्षणका हामी निरन्नतर प्रयासरत छौं ।’ उनले ढकालको सफलताले मोडल कलेजलाई समेत देशव्यापी चिनाएको प्रति गौरवान्वित बनाएको जिकिर गरे ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑