रामएकवाल राम दोहा( कतार) २७ कार्तिक –
गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले आउँदो 20 November शुक्रबारका दिन दिउँसो १ बजेदेखि अनलाइन (जुम भर्चुअल ) मार्फत शुभकामना अदान प्रदान कार्यक्रम 2020 को आयोजना गरिएको NRNA कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी गराए।
नेपालीहरुको महान पर्व विजया दशमी, दिपावली तिहार छठ , नेपाल सम्बत ११४१ बलिहाङ तङ्नाम तथा उधौली पर्वको सुखद अवसरमा शुभकामना अदान- प्रदान गरिने भएको छ।
कतारमा स्थपित विभिन्न संघ संस्थाका प्रतिनिधि संस्थाका पञ्जिकृत सदस्य ज्यू एवम् सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई यस सुखद अवसरमा सहभागीतकोलागी तल उल्लेखित जुम मिटिङ्ग आईडी र पासकोड नम्बर प्रयोग गरि लिन्क लगिन गरि उपस्थित हुन सबैमा हार्दिक निमन्त्रणा सहित अध्यक्ष मुसलमानले अनुरोध गरेका छन।
Meeting ID:4240595332
Passcode:padam123