सुरेश कुमार पांडे , कपिलबस्तु २२ असोज –
१० बर्षको लामो द्धन्दको अन्त्य भएको धेरै समय वितेपनि अझै तीनै तहको सरकारले न्याय दिन नसकेको भन्दै कपिलबस्तुका द्धन्द पिडित परिवारले गुनासो गरेका छन् ।
सरकारले द्धन्द पिडित लाई न्याय दिन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन गरेपनि ती आयोगहरुले प्रभाबकारी काम नगर्दा द्धन्द पिडित परिवारले न्यायको लागि लामो समय पर्खिदा पनि अहिले सम्म सरकारले कुनै काम अगाडी बढाउन नसकेको पिडितहरुले बताएका हुन् ।
कपिलबस्तुको सदरमुकाम तौलिहवामा एडभोकेसी फोरम को आयोजना र न्यायको लागी द्धन्द पिडित समाजको सहकार्यमा संक्रमणकालीन न्याय सम्बन्धी छलफल कार्यक्रममा ३० भन्दा बढी द्धन्द पिडितको सहभागितामा बोल्ने अधिकांश पिडितहरुको एउटै दुखेसो थियो ।
द्धन्द्ध भएको लामो समय वितेपछि अहिले पनि समाजमा आत्मसहानुतीका आधारमा बस्न नसेको गुनासो गर्दै सरकारले द्धन्दपिडितको समस्या समस्या गर्दा अहिले पनि द्धन्दको घाउ मनमा ताजै रहेको द्धन्द पिडितको भनाई छ ।
तीन तहको सरकार गठन भएसंगै सरकारले द्धन्दपिडीत परिवारका लागी सुबिधा, राहत र अधिकारहरु कसरी उपलब्ध गराउने जानकारी दिने उद्देश्यका साथ यो छलफल कार्यक्रम आयोजना गरिएको न्यायको लागी द्धन्द पिडित समाजका केन्द्रिय अध्यक्ष जनक बहादुर राउतले बताउनु भएको छ ।
त्यस्तै एडभोकेसी फोरम का कार्यक्रम संयोजक बिकास बस्नेतले द्धन्दपिडीत परिवार प्रति स्थानिय सरकार को भुमिका पिडीतहरुको मागलाई सरकाले कसरी सम्बोधन गर्नसक्छ भन्ने कुरा सहभागीलाई जानकारी गराउनु भएको छ ।
कोभिड का कारण लकडाउनमा पिडीत परिवारमा असर पर्न गएको हुदा उहाहरुलाई रिलेक्स गराउन योगा व्यायाम समेत गराइएको थियो ।
सरकारले न्याय दिन नसकेको भन्दै द्धन्द पिडित परिवारको गुनासो
Admin
•
