• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भारतीय काङ्ग्रेसका नेता राहुल गान्धी प्रहरीको नियन्त्रणमा 

नेपाल पोस्ट दैनिक
    October 1, 2020  मा प्रकाशित

Spread the love
      

एजेन्सी १५ असोज । भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई बिहीबार उत्तर प्रदेशको प्रहरीले हिरासतमा लिएको छ । उनीसँगै रहेकी कांग्रेस नेतृ प्रियंका गान्धीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उत्तर प्रदेशको हाथरसमा भएको एक सामुहिक बलात्कारको शिकार भएकी युवतीको परिवारलाई भेट्न हिँडेका उनीहरुलाई प्रहरीले हिरासतमा लिएको हो ।

प्रहरीले उनीहरुलाई निर्देशन अवज्ञा गरेको अरोपमा यमुना एक्सप्रेसवेबाट पक्राउ गरेको हो । राहुल र प्रियंका गान्धी दिल्लीबाट पीडितको परिवार भेट्न हाथरसतर्फ जानेक्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ । राहुलले प्रहरीलाई भीडभाड नगरी हाथरसतर्फ जान चाहेको बताएका थिए । तर भिड बढेको भन्दै प्रहरीले राहुल गान्धी सवार गाडीलाई रोकेको थियो । त्यसपछि उनीहरु हिँडेरै भए पनि हाथरस जान तम्सिएपछि प्रहरीले गिरफ्तार गरेको हो ।

के हो हाथरस घटना ?

सेप्टेम्बर १४ मा भारतको हाथरस भन्ने स्थानमा १९ वर्षीया एक दलित परिवारकी किशोरीमाथि सामुहिक बलात्कार भएको थियो । बलात्कारपछि उनी खेतमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनीमाथि सामुहिक बलात्कार गरेको आरोपमा गाउँका तथाकथित उच्च जातका चार युवा पक्राउ परेका छन् ।

निकै गम्भीर अवस्थामा बेहोस फेला परेकी किशोरीको गत मंगलबार दिल्लीको एक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । निधन भएपछि प्रहरीले उत्तर प्रदेशमा रहेको उनको घरमा शव ल्याएको थियो । प्रहरीले तत्कालै शव जलाउन परिवारसँग आग्रह गर्‍यो । तर, परिवारले मानेनन् । त्यसपछि प्रहरीले शव एम्बुलेन्समा हालेर लग्यो र परिवारको अनुमति विना नै जलाएको आरोप लागेको छ । यद्यपि प्रहरीले भने पीडित परिवारको अनुमतिमा प्रहरीको रेखदेखमा शव जलाइएको दाबी गरेको छ । स्वयं पीडित परिवारका सदस्यहरु भने आफूहरुले अनुमति नदिएको बताइरहेका छन् ।

अधिकारवादीहरुले भने प्रहरीले यस किसिमको कार्यलाई संवेदनहीन र अमानवीय कार्य भएको बताएका छन् । यसै विषयलाई लिएर अहिले समग्र भारतभर आन्दोलन चलिरहेको छ । यो घटनाबारेको अनुसन्धानमा प्रहरीले उदाशीनता देखाएको पीडित परिवारको आरोप छ । १० दिनसम्म पनि यो घटनामा कसैलाई पनि पक्राउ नगर्नुले यो कुरालाई पुष्टि गर्ने उनीहरुको भनाइ छ । त्यसका साथै प्रहरीले आफूहरुलाई नै डर देखाउने र धम्क्याउने काम गरेको पनि पीडितको गुनासो छ ।

भारतका विपक्षी नेताहरुले पनि प्रहरीको यस किसिमको कार्यको निन्दा गरेका छन् । भारतीय कांग्रेसले पनि यो घटनामा प्रहरीको आलोचना गर्दै आएको छ । राहुलले हाथरस पुगेर पीडित परिवारलाई भेट्ने कार्यक्रम बनाएका थिए । यसै क्रममा उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

स्रोत : एएनआई/बीबीसी

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • विद्यालयको शैक्षिक गुणस्तर सुधार्न भौतिक पूर्वाधार आवश्यक
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
  • विद्यालयको होस्टलमा एक छात्रको शंकास्पद मृत्यु, परिवारले लगाए हत्या आरोप, विद्यालयले गरे आत्महत्याको दाबी
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑