• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ईलाका प्रहरी कार्यालय कृष्णनगरको एक पछि अर्को सफलता: साढे़ सात के.जी. अफिम सहित दुई जना नियन्त्रणमा

नेपाल पोस्ट दैनिक
    October 1, 2020  मा प्रकाशित

Spread the love
      

कपिलवस्तु, १४ असोज
कपिलवस्तु प्रहरीले साढे ७ केजी अफिम सहित एक महिला र एक जना पुरुष अटो चालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले सरप्राईज चेकिङ्ग गर्ने क्रममा मंगलबार राती १० बजे कृष्णनगर नगरपालिका वडा नम्बर २ पिपलबोटको चेक प्वाईन्टबाट सो परिमाणको अफिम बरामद गरेको हो । प्रहरीले चन्द्रौटाबाट कृष्णनगर तर्फ आएको लु १ ह १५७ नम्बरको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाँउपालिका १ कुरेली बस्ने ४९ बर्षकी सिता रोकालाई शंका लागी चेक जाँच गर्दा निजले बोकेर ल्याएको झोलाबाट साढे ७ किलो अफिम बरामद गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगर ले जानकारी दिएको छ । चालकको सिट पछाडी अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा २ केजी र पछाडी राखेको रेग्जिनको झोलामा रहेको साढे ५ केजी गरि सो परिमाणको अफिम भेटिएको हो । रोका सगै प्रहरीले अटो चालक कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर ५ का २० बर्षिय शुसिल क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय कृष्णनगर ले केही दिन अगाडि समेत कृष्णनगर बस पार्क नजिक बाट शान्ति पुनर्स्थापना गृहको सहयोगमा ३७ केजी लागु औषध चरेस सहित दुई जना महिला समात्न सफल रहेको थियो।
ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख को जिम्मेवारी सम्हाले देखि नै प्रहरी निरिक्षक प्रताप पौडेल ले
विभिन्न समयमा कुखुराको चल्ला नष्ट, अवैध औषधी नष्ट , पटखा नष्ट, सुर्ती जन्य पदार्थ नष्ट, लगायत भन्सार छली गरि ल्याएको लाखौ लाख पर्ने समान भन्सार समेत बुझाएर राजस्व चुहावट नियन्त्रणमा विशेष योगदान दिई समाजमा शान्ति सुरक्षा राख्न सधै ततपरता देखाउदै आएका छन् । विभिन्न समयमा पौडेलको योगदानको कदर गर्दे विभिन्न संघ संस्था र नगरपालिका समेतले सम्मान गरेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑