काठमाडौं २१ भदौ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई सहयोग गरेका छन् ।
मन्त्री भट्टराईले खातुनलाई मन्त्रालयमै बोलाएर ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।एसिड प्रहारबाट घाइते खातुनको अहिले पनि उपचार चलिरहेको छ ।
नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले ५० हजार रुपैयाँ सहयोग गरेको भट्टराईको सचिवालयले जनाएको छ ।