महेश सिंह सिरहा लहान १९ भदौ – सिरहाको भगवानपुर गाउँ पालिका वडा नम्बर ३ आभेनगरको अस्थायी सशस्त्र पहरीको बाेडर चेक पोस्टले गोपिय सूचनाको अधारमा ठुलो परिमाणको लागु औषध बरामत गरेको छ । भारत बाट लुकि छिपि ल्याउदै गरेको अबैध समान सहित तिन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन् । पछीलो समय आभेनगर पहरीले कपडा लगायतका लागु औषध सहित बरामत गरेका थिए । उक्त चेक पोस्टले सिमा नाकामा चेक जांचमा कडाई गर्दा निरन्तर अबैध समानहरु पक्राउ गर्न थालेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगर पालिका वडा नम्बर ५ का २२ वर्षिय कुमार कान्छा महतो र सोही ठाँउ बस्ने २१ वर्षिय मोहम्मद जिवल सेख र भगवानपुर गाउँ पालिका वडा नम्बर ५ बस्ने ५० वर्षिय सोहित मण्डल लाई लागु औषध सहित सशस्त्र प्रहरीका सैई दसैं मण्डको टोलिले पक्राउ गरेका छन् ।पक्राउ गरेका संमानहरुमा नाईटोजन टयाबलेट ३० पता – ४५० पिस, प्रोभेटाजेल २० भाईल ,लाईबेटि २०भाईल , डाईजोल्याप २० पिस , डाईक डिसि ६ पिस, ईन्जेकसन ३० एम्पुल लागु औषध बरामत गरेको हो । बरामत गरेको संमान नेपाल प्रहरीलाई बुझाएको बुझाएको सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरीले जानकारी दिनु भयो । पक्राउ गरेका ३ तिनै जना लाई आवश्यक कानुन बमोजिम लागु औषध ओसापोसार अन्तर्गत कार्बाहि गर्ने गिरीले बताए ।
सम्बन्धित खबर
नेपालमा पहिलो नरहा गाउँपलिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन व्यवस्थापन कार्यविधि–२०८३’पारित
सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी यादवद्वारा दस हजार सहयोग
स्वर्गीय प्रदीप गिरिको चौथो स्मृति दिवसमा बृक्षारोपन कार्यक्रम
आज विश्व मावनता दिवस विभिन्न कार्यक्रम गरि मनाउदै
वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन
