प्रदेश २ · मुख्य समाचार

सामुहिक बलत्कारकाे घटनालाई मिलाउन चलखेख शुरु

नरेन्द्र महताे / गाैशाला रामगाेपालपुर ३० श्रावण – महोत्तरी जिल्लाकाे रामगोपालपुर नगरपालिकामा बोल्न नसक्ने एक महिलामाथि सामूहिक बलत्कार भएकाे छ । बलात्कारको घटनालाई ढाकछोप गर्ने प्रयास भएको छ। राजनीतिक शक्ति र पैसाको चलखेल गरी घटना मिलाउने प्रयास गरेको स्थानीयहरुले जनाएका छन । गएको साउन १० गते राति ९ बजे रामगोपालपुर नगरपालिका ५ कँचनपुरकी बोल्न नसक्ने एक ३५ वर्षीया महिला शौच गर्न गएको बेला स्थानीय दुई युवकले रुमालले मुख बाँधेर उखुबारीमा लगेर बलात्कार गरेका थिए। घरबाट करिब ३ सय मिटर दक्षिण उखुँ खेतमा महिलामाथि बलात्कार भएको थियो।
त्यस क्रममा महिला चिच्याएपछि स्थानीयले थाहा पाउँदा दुवै युवक भागेका थिए। दुवै युवकको कपडा र मोबाइल घटनास्थलबाटै प्रहरीले बरामद गरेका थिए।
पीडितका अनुसार स्थानीय २६ वर्षीय विनाेद मण्डलकाे छाेरा जितु मण्डल र सत्रुधन मुखियाकाे छाेरा खुर्के मुखियाले बलात्कार गरेका हुन। घटनाको भोलिपल्ट साउन ११ गते पीडितले स्थानीय इलाका प्रहरी कर्यालय रामगोपालपुरमा उजुरी दिएपनि हालसम्म प्रहरीले बलात्कार आरोपीलाई पक्राउ गर्न सकेको छैन।
घटनालाई पावर र पैसाको बलमा स्थानीय राजनीतिकर्मीहरुले दुवै पक्षलाई मिलाउने प्रयास गरेको एक स्थानीयले बताए। फरार भनिएका युवाहरु खुलेआम घुमिरहेका स्थानीयले जानकारी दिए पनि प्रहरीले आफूलाई फुर्सद नभएको स्थानीयहरुकाे आराेप छ।
यता इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक कैलाश भट्टराईले घटनास्थलबाट बरामद भएको दुई युवकको कपडा र मोबाइल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जिम्मा लगाएको बताए। पीडितले दिएको उजुरी पनि जिल्लामा पठाएको र फरार आरोपीहरुको खोजबिन भइरहेको उनको भनाई छ।
घटनालाई मिलाउन खोजेको विषयमा आफूलाई कुनै जानकारी नभएको उनले बताए। यस विषयमा थप जनकारी पाउन वडाकै वडा अध्यक्ष जितेन्द्र चाैधरीलाइ पटक पटक फाेन गरेपनि उहाँले फाेन उठाएका छैन ।घटना मिलाउनमा ६लाख रुपैयाकाे बार्गेनिगं भइरहेकाे र यसकाे मुख्य भुमिका खेल्न वडा नम्बर ५कै वडा अध्यक्ष जितेन्द्र चाैधरी रहेकाे स्थानियहरुकाे अाराेप रहेका छन । घटना मिलाउन चाैधरी अाफनाे प्रयास जारि राखेकाे र पिडितलाई दवाब दिदै अाईरहेकाे जनाएकाे छ ।घटना भएकाे एक हप्ताभन्दा बढी भएपनि पिडितलाई न्याय दिनुकाे साटा माेलजाेल हुन थालेकाेमा स्थानियहरु अाक्राेसित भएका छन ।