Breaking News

सिरहाको सुखिपुर नगरपालिका एकै वडामा ८ जना कोरोना पोजेटिभ

सिरहा २७श्रावण । सिरहाको सुखीपुर नगरपालिका एकै वडाका ८ जनाको कोरोना पोजेटिभ देखिएको छ ।

सुखीपुर नगरपालिका वडा नम्बर १ स्थित श्री जनता माध्यमिक विद्यालयमा रहेको कोरेन्टाईनमा भएको पिसिआर टेष्टमा सुखीपुर नगरपालिका वडा नम्बर ९ बैशखाका ८ जनाको पोजेटिभ आएको हो ।
सुखीपुर नगरपालिका भरीमा भएको ८३ जनाको पिसिआर टेष्टमा ८ जना पुरुषको रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले अपन दैनिकलाई बताएकाछन् ।
काम गरेर भारत हरियाना बाट फर्किएका ४२, २८, २६, २९, २२, २१, २५ र ३५ वर्षीय पुरुष रहेका छन् ।
उनीहरुलाई आइसोलेसनका लागि सिरहाको धनगढी नगरपालिका– ११ महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालमा लग्ने तयारी भइरहेको उनले बताएकाछन् ।