धनुषा २५ साउन।धनुषाको शहिदनगर नगरपालिका ८ लगायत सम्पुर्ण वडाको प्रत्येक घरमा पिसिआर परिक्षण गर्न आवश्यक छ । साथै पुनः लकडाउन गर्नुको विकल्प पनि छैन । कोरोनाले कहरप्रति सजग रहनुको साथै पिसिआर परिक्षण गरी जनतालाई जोगाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गर्दछु । जनता भटाभट मर्न लाग्दा पनि सरकार मौन रहेकोमा दुःख व्यक्त गर्दछु । हिजो मात्र धनुषाको शहिदनगरमा पछिल्लो २४ घण्टामा १ जना अस्पतालमा उपचार नपाएर दुःखद् निधन भयो । कोरोनाको लक्षण देखा परेका छन् तर नेपालको कुनै पनि ठूलो मीडियाले केही आवाज पनि उठाएन । त्यस्तै कतिपय बिरामीलाई जनकपुरको अस्पतालले कोरोनाको त्रासले भर्ना गर्ने मानेको छैन । शहिदनगर नगरपालिकामा कोरोना संक्रमितको त्रासले मानिसहरु घरमा बसेका छन् । प्रादेशिक अस्पताल र अन्य नीजि अस्पतालमा पनि भेन्टिलेटर र आइसियुको अभाव देखिएको छ । तसर्थ आइसियु र भेन्टिलेटरको व्यवस्था मिलाउन संघीय सरकारसँग जोडदार माग गर्दछु ।
कोरोनाको महामारीसँग लडौं, घरमै बसौं, सुरक्षित रहौं #Stay_Safe_Stay_Home

