मुख्य समाचार

दलित महिला विध्यालय व्यवस्थापन समितकाे अध्यक्ष बन्दा गैर दलितले लगाए ताला

महेश सिंह सिरहा २२ श्रावण –
सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ४ स्थित रहेको प्रा.वि. कुथनमामा दलित महिला सवर्सम्मतले बिध्यालय ब्यवस्थापन समितिकाे अध्यक्षमा भवानी महरा चैन हुँदा आफुलाई ठुलो र उच्च ओहोदाको जाति भनाउनेहरुले अध्यक्षमा कुनै पनि हालतमा दलितलाई स्विकार्दैनै भन्दै स्कुलमा तालाबन्दी गरेका छन् । उक्त
प्रा.वि.स्कुलमा अधिकासं दलित समुदायकाे बाल बालिकाहरु अध्यन गर्ने गरेकाे छ । विधालय व्यवस्थापन समिति बिधार्थिका अभिभावकहरू बसेर सकुलकाे समिति चयन गर्न सकिन्छ । दलित महिला भवानी महराले अभिभावकले सवर्सम्मतले आफुलाई चयन गरेकाे दाबी गरेका छन् । दलित जागरण केन्द्र नेपाल, गाेलबजार सिरहाका सचिव संजय महराले जातिय विभेदकै कारणले गैरदलितले स्कुलमामा तालाबन्दी गरेको उनले दु:ख व्यक्त गरेका छ्न। जातीय विभेदे अन्त गरी तालाबन्दी बन्द गरी सहज वातावरणमा सम्बन्धित निकाय संग माग गरेका छन् ।