Breaking News · देश · स्वास्थ्य

थप एकको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ११ पुग्यो

काठमाडौं २३ जेष्ठ।सुर्खेतमा बिहीबार ज्यान गुमाएका २० वर्षे युवकमा पनि कोरोना भाइरस स‌ंक्रमण सुर्खेत पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको बिहीबार मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका-१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए ।

युवकको मृत्युपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ आएको प्रदेश सरकारले पुष्टि गरेको छ ।