Breaking News · स्वास्थ्य

नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि कुल संक्रमितको संख्या २६३४ पुग्यो।

काठमाडौ २२ जेष्ठ।बिश्व भरीमहामारीका रुपमा फैलिएको कोरोना भाईरस( Covid19 ) भनेर चिनिनेले नेपालमा पनि दिउँसो बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा नेपालमा बिहिवार ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ हजार ६ सय ३४ पुगेको छ । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ। भने मृत्युको संख्या १० पुगेको छ