Breaking News · स्वास्थ्य

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ६०३ पुग्यो 

काठमाडौ ११ जेठ।कोभिड-१९ कोरोना भाइरस विश्वभरीनै महामारीको रुपमा फैलिएको छ विश्वभरीमा धेरै मानिसको ज्यान गैसकेको छ लाखौंको संख्यामा संक्रमण भएका छन् यस्तै अहिले नेपालमा पनि तेस्तै संक्रमित को संख्या ह्वात्तै बढिरहेको छ भने ३ जनाको ज्यान गएको छ। – नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनु भयो।

आज थपिएका १९ सहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ। नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ। नेपाल सरकारले लकडाउन जारी नाइँ राखेको छ विभिन्न नाका हरु कडाइ गरे संगै काठमाडौ प्रवेश गर्ने नाका हरु पनि केही दिन देखि बन्द गरिएको छ।