Breaking News

चित्रलेखा स्टुडियोमा प्रहरीको छापा दुई जना किशोरी संगै तिनजना पक्राउ

अनिल साह वीरगंज ६ जेठ | वीरगञ्जको आदर्शनगरमा अवस्थित चित्रलेखा स्टुडियोमा अस्ति २०७७ जेष्ठ ४ गते आईतबार प्रहरीले छापा मारेको छ । यौन धन्दा चलाइरहेको स्थानियको सुचनाको आधारमा छापा मारी गरिएकाे एक स्राेतकाे बताएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले घटनास्थलबाट २ जना नाबालिक केटि ,रअन्य २ (दुइजना) जना केटा लगायत चित्रलेखा स्टुडियोका संचालक बैजु चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय पर्साले बताएको छ।

प्रहरी स्टुडियोमा छापामर्ने क्रममा
स्टुडियोको पर्खाल माथी बनाइएको गोप्य रुममा बनाइको सुरुङ्गमा लुकाईएको अवस्थामा उनिहरूलाई नियन्त्रणमा लिएको थियो ।

लकडाउनको मौका छोपेर वीरगन्जको आदर्शनगरमा रहेको चित्रलेखा फोटो स्टुडिमा यौनधन्दा चलाएको आरोपमा दुई युवतीसहित ३जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज–१० आदर्शनगर स्थित ग्रीन सिटि नजिक रहेको चित्रलेखा स्टुडियोमा प्रहरेले छापामारी गरेर तिनै नजालाई स्थानियको सुचनाको आधारमा एसटिएफका प्रहरी नायब निरीक्षक सुर्य चौधरीको नेतृत्वमा खटेका प्रहरी टोलिले स्टुडियोका सञ्चालक बैजु प्रजापती र दुई जना युवतीसहित अन्य दुई जना युवकलाई पक्राउ हो ।

पक्राउ गरेका ३तिनै जनालाइ आवश्यक अनुसन्धान र कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको प्रहरी जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी स्टुडियोमा छापा मार्ने क्राममा प्रवेश गरे पछि युवतीहरुलाइ स्टुडियोको पर्खाल माथी बनाइएको गोप्य सुरुङ्गमा लुकाईएको अवस्थामा उनिहरूलाई नियन्त्रणमा लिएको थियो ।

लकडाउन तथा निषेधाज्ञाको धज्जी उठाउँदै स्टुडियोका सचालक प्रजापतीले स्टुडियोमा यौनधन्दा चलाउँदै आएको स्थानियले आरोप लगाएका छन् ।

घटना बारे अनुसन्धान भइ रहेकोले अहिले केही भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालयले बताएको छ। स्थानियले दिएको सुचनाको आधारमा दुई युवती सहित पाचै जनालाई स्टुडियो बाट पक्राउ गरेका हौ थप अनुसन्धान भइ रहेको पर्सा प्रहरीले जनाएको छ ।

‘स्थानियले दिएको सुचनाको आधारमा दुई युवतीसहित तिनजना जनालाई स्टुडियो बाट पक्राउ गरेका हौँ । थप अनुसन्धान भइ रहेको पर्सा प्रहरी नायब उपरीक्षक बिरेन्द्र बहादुर शाहीले बताएका छन।