Breaking News

महाेत्तरीको सम्सी गाउँपालिकामा नागरिकता तथा जन्म दर्ताकाे अधारमा राहत वितरण

नरेन्द्र महतो गौशाला ६ जेठ।महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकामा महाेत्तरी टु डे तथा नेपाल पाेष्ट दैनिक वनलाईन समाचारकाे प्रभाव परे पछि एक वडा पछि अर्काे वडा न .७ सम्सीमा आईतवार देखि राहत वितरण भईरहेकाे स्थानियअमर दिप पंडितले जनाएका छन ।

नागरिकता अथवा जन्म दर्ताकाे प्रमाण भएका तथा यदि कुनै प्रमाण नभएकाहरुलाई आपसि सम्झदारि गरेर राहत वितरण गरिरहेका छन ।लक डाउनकाे ५७ दिन पछि मजदुर ,गरीव ,अति विपन्न वर्गहरुलाई चावल २५ किलाे,दाल २ किलाे, आलु ५ किलाे, प्याज ५ किलाे, खाने तेल १ लिटर र नुन १ किलाेका दरले वितरण भईरहेकाे वडा न ७ का वडा अध्यक्ष मदन राय यादवले जनाएका छन ।

यति दिन पछि पहिलाे पटक राहत वितरण भए पनि परिवारिक जीवन चल्न नसकेकाेले पु: ह राहत वितरण गर्न मजदुरहरुले माँग गरेका छन ।