Breaking News

सिरहाको मौवाहीमा कोरोना पुष्टि भएसँगै उक्त क्षेत्रमा सिल।

सिरहा ४ जेठ।सिरहाको दक्षिण पटि सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ का ३० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट पुर्ण रुपमा सिल गरिएको छ।
सिरहाका प्रमुख जिल्ला अधिकारिल सराेज प्रसाद गुरागाँईले जनाएका छन संक्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन अत्यावश्यक कामबाहेक कसैलाई पनि बस्तीबाहिर जान र आउन नदिन सिल गरिएको छ। संक्रमण पुष्टि भएसँगै खेतमा काम गरिरहेकाहरुलाई घरमा बोलाएर एम्बुलेन्समार्फत धनगढीमाई नगरपालिका वडा नं. ११ छपराढीस्थित महेन्द्र गेनाई स्मृति प्रसूति तथा बाल कल्याण अस्पतालमा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा पुरयाईएका छन।
साथै युवकको सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा लैजाने तयारी भइरहेको र उहाँको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको समेत प्रजिअ गुरागाईँले बताएको छ।