कपिलवस्तु , २ जेठ।जिल्लाकाे कृष्णनगरमा काेराेना संक्रमित संख्या यथावत रहेकाे छ । कृष्णनगरकाे महेन्द्र मावि क्वारेन्टाइनमा कुल पचास जनाकाे स्वाब संकलन गरिएकाे थियाे । ती मध्ये पहिलाे चरणकाे परिक्षणमा १६ जनाकाे रिपोर्ट स्वास्थ्य मन्त्रालयले जारी गरकाे थियाे ।
१६ जना ८ जनाकाे रिपोर्ट (पॉजिटिव )काेराेना संक्रमित आएकाे थियाे जसमा ४ सुरक्षाकर्मी , २ जना कृष्णनगर नगरपालिकाका कर्मचारी र २ जना बम्बइबाट आएका थिए । बाकी रहेका ३४ जना मध्ये ३३ जनाकाे रिपोर्ट निगेटिभ रहेकाे छ भने १ जनाकाे रिपोर्ट बाकी रहेकाे स्वास्थ्य मन्त्रालयले जानकारी गराएकाे छ ।
