Breaking News

उपचार गराउन गएकी युवतीलाईबलात्कार गरेकाे आरोपमा चिकित्सक पक्राउ।

जनकपुर ३१ बैशाख।जनकपुर क्लिनिकमा चेकजाँच गराउन गएकी बिरामीलाइ बलात्कार गरेकाे आरोपमा जनकपुरबाट एक चिकित्सक पक्राउ परेका छन् ।

उपचारका लागि निजि क्लिनिकमा पुगेकी युवतीलाई चिकित्सकले जबर्जस्ती करणी गरेको उजुरी पीडित युवतीले प्रहरीमा दिएकी थिइन् ।

पीडित युवतीले प्रहरीमा दिएको किटानी जाहेरीको आधारमा आरोपित चिकित्सकलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।पक्राउ परेका चिकित्सककाे नाम खुलाएको छैन । उनी प्रादेशिक अस्पताल जनकपुरमा समेत कार्यरत छन ।