Breaking News · स्वास्थ्य

थप ५७ जनामा कोरोना पुष्टि , नेपालमा कुल संक्रमितको संख्या १९१ पुग्यो ।

काठमाडौ ३० बैशाख।नेपालमा एकै दिन ५७ जना नयाँ कोरोना संक्रमित भेटिएका छन । थपिएका संक्रमितमा पर्सामा मात्र ३९ जना , कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

सरकारले लकडाउनको समय केही खुकुलो पारे संगै देशमा कोरोना संक्रमितको दर बढ्न थालेको छ । यो समयमा सीमावर्ती क्षेत्रबाट मानिस लुकिछिपी नेपाल छिर्ने गरेको समेत पाइएको छ ।

स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ