काठमाडौँ १९ बैशाख / पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा विगत केही दिनयतादेखि नेपालमा कायम पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सम्बन्धित खबर
रसुवा बाढीपीडितलाई सहयोग गर्न लहान नगरपालिकाको कार्यपालिकाबाट निर्णय
मधेशका ८ वटै जिल्ला प्रहरी कार्यालयलाई नयाँ पिकअप भ्यान
आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
