काठमाण्डौ १६ बैशाख।पछिल्लो समयकी सर्वाधिक लोकप्रिय अभिनेत्री हुन् स्वस्तिमा खड्का। उनको डिमाण्ड सँगै पारिश्रमिक पनि निकै बढ्दै गएको छ । उनको हातमा चलचित्रको कमी छैन ।
स्वस्तिमाको अभिनयको मात्र नभएर सुन्दरताको पनि सधैँ चर्चा हुने गरेको छ । केही दिन अघि मात्र उनी नायिका आँचल शर्माको विवाहको रिसेप्सन पार्टीमा पुगेकी थिइन् । उनी लेहेङ्गा लगाएर त्यहाँ पुगेकी थिइन् । लेहेङ्गामा स्वस्तिमा असाध्यै राम्री देखिएकी थिइन् । जसका कारण सबैको नजर उनीमा पर्न गयो ।
यतिबेला स्वस्तिमा चपली हाईट ३ को केही काममा व्यस्त छिन् । उक्त चलचित्र चैत्र २८ बाट प्रदर्शनमा आउने भनिएको थियो । तर कोरोना भाइरस का प्रदर्शन मिति सारिने सम्भावना प्रवल छ । हेर्नुहोस् अभिनेत्री स्वस्तिमा खड्कालाइ तस्विरमा


