काठमाडौं १४ बैशाख। आइतवार बसेको मन्त्रीपरिषद्को बैठकले बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । यसअघि कोरोना भाइरस रोकथाम सुरक्षार्थ सरकारले बैशाख १५ गते सोमवारसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । भोलिबाट लकडाउन अवधि सकिँदैछ ।
शनिवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले सरकारलाई लकडाउन १ हप्ता लम्ब्याउनको लागि सुझाव दिएको थियो । छिमेकी मुलुक भारतमा २४ मार्च २०२० मा घोषणा भएको लकडाउन विभिन्न चरणमा गरेर थप गरी आगामी ३ मे, २०२० सम्म लम्ब्याईएको छ ।
महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने २९ लाख २३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार आइतवा निधन भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५४ हजार २६५ जनाको निधन भएको छ भने युरोपेली मुलुकहरुमा मृ तकको संख्या १ लाख २० हजार १३८ जना पुगेको छ ।
युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ३६४ जना, स्पेनमा २२ हजार ९०२ जना, फ्रान्समा २२ हजार ६१४, बेलायतमा २० हजार ३१९ जना, बेल्जियममा ६ हजार ९१७ जना, जर्मनीमा ५ हजार ८७७ जना, नेदरल्यान्ड्समा ४ हजार ४०९ जना, स्वीडेनमा २ हजार १९२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५९९ जना, आयरल्यान्डमा १ हजार ६३, पोर्चुगलमा ८८० जना तथा रसियामा ६८१ जनाको निधन भएको छ ।
यसैगरी, इरानमा ५ हजार ६५० जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ४ हजार ५७ जना, टर्कीमा २ हजार ७०६ जना, क्यानाडामा २ हजार ४६५ जना, मेक्सिकोमा १ हजार ३०५ जना, भारतमा ८२५, इन्डोनेसियामा ७२० जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ।
