Breaking News

तामाकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवको ज्यान गयो

रामेछाप १३ बैशाख।रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १ स्थित तामाकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकको ज्यान गएको छ । मन्थली नगरपालिका वडा नम्बर १ टेकानपुर घरभै हाल मन्थली नगरपालिका १ बस पार्कमा बस्दै आएका सुवास रम्तेलका करिब १८ वर्षका छोरा सुमन रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो । शनिबार पौने १२ बजेको समयमा रामेछाप एयरपोर्ट नजिकै पौडी खेल्दा बेपत्ता भएका युवाको नेपाल प्रहरी, शसस्त्र पहरी, नेपालिसेना, स्थानीयहरुको सक्रियतामा खोजी गरी भेटाएर स्थानीय प्रथामिक स्वास्थ्य केन्द्र पुर्‍याउन साथ डाक्टरले मृत घोषण गरेको उहाँले जानकारी दिनुभयो ।