काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
बिहीबार साँझ शितल निवासमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटेका हुन् । भेटवार्तामा विभिन्न समसामयिक घटनाक्रमका बारेमा छलफल भएको छ । करिब १ घण्टाको भेटमा जारी अध्यादेशले ल्याएको विवाद तथा त्यसको फिर्ता गर्नेबारे कुराकानी भएको हुनसक्ने आंकलन गरिएको छ ।
आजै प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्ड तथा नेता माधव नेपालसँग छलफल गरेका थिए । छलफलपछि अध्यादेशकै कारण समस्या आएको भए फिर्ता लिन सकिने ओलीले बताएका थिए ।दैनिक नेपाल
